साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नरिसाउनु ‘भानु’

साच्चो कुरा नढाँटी लेख्नु पर्दा लेख्नैपर्ने भयो कि अहिले तिम्रै नाउँको सेल रोटी खानेहरू तिम्रो तस्वीर अर्को जयन्तीसम्मका लागि खाटमुनि लुकाइ रहेका छन् ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया

नेपाली आस्था- अस्मिता र स्वाभिमानको
उज्यालो बिहानीका स्वर्णिम बिन्दु
‘भानु’ तिमी नेपाली भाषाको
सुन्दरतम् सौन्दर्य हौ- सिंगै सूर्य हौ ।

अँध्यारो बाकसमा बन्द
हाम्रो भाषिक पहिचानलाई
उजिल्याई टल्काई विश्व सामु दियौ उभ्याई
तिमी फैलिनु पर्थ्याे सम्झनामा
हाम्रा जीवनका हर क्षणमा
विश्वासका कण-कणमा
तर विदेशी रुमानी सपना प्राप्तिको होडबाजीमा
तिमी खुम्चिदै गयौ, सेलाउँदै गयौ
हामी तिमीलाई बिर्सिदै गयौँ ।

अहिले हाम्रो मन अमिलो छ
-भाव धमिलो छ
असत्य चिप्लो चिल्लो छ,
विवेकलाई थन्क्याएर विदेशी
संस्कृतिमा जम्दैछौँ ।

नेपाली रामायणलाई बिर्सेर
पोपमा झुम्दैछौं ।
नेपाली पढ्नु उपहासको अभ्यास
कमजोर अवस्थाको पहिचान भएको छ
तिमीलाई श्रद्धाञ्जलि दिने बेला
सम्झनाका अपार अनुभूतिहरू
हाम्रा आँखाभरी पोखिन्छन् ।

कहिल्यै साहित्यको ‘स’
उच्चारण नगर्नेहरू निगाह बक्स भै
जयन्तीको जुलुसमा सामेल भै चोखिन्छन् ।
नरिसाउनु ‘भानु’ के गर्ने
हाम्रो बानी नै यस्तो छ ।

अचेल, अचेत बिमार मस्तिष्कको
जताततै बोलबाला भएर
बकुल्ला भगतका बथानहरू
आ-आफ्ना नेताका पुच्छर समाई
छक्याइरहेका छन्,
झुक्याइरहेका छन्
माथि झन् माथि रमाइरहेका छन्
तक्मा झुण्ड्याउन भ्याइरहेका छन्,
बानी न हो सुध्रिन समय त लाग्छ नै ।

साच्चो कुरा नढाँटी लेख्नु पर्दा
लेख्नैपर्ने भयो कि
अहिले तिम्रै नाउँको सेल रोटी खानेहरू
तिम्रो तस्वीर अर्को जयन्तीसम्मका लागि
खाटमुनि लुकाइ रहेका छन् ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x