साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रेरणा

डुबेर मौन भावमा कता कता हराउँछु, टिपेर शब्दका थुँगा म काव्यमा सजाउँछु, सहेर चोट छालको बनौँ म शालिग्राम नै, गरेर नित्य साधना बनौँ म भानुभक्त झैँ ।

Nepal Telecom ad

रेजिना आपगाईं

नजन्मिँदै नि जन्मियौ नहुर्किंदै नि हुर्कियौ
सदा तिमी महान छौ तिमी सदैव पूज्य छौ
रहेन देह गैगयौ परन्तु कीर्तिशेष छौ
र काव्य दृष्टिले तिमी अझै अझै विशेष छौ ।
॥१॥

स्वयं जलेर मैनले प्रकाश छर्छ रातमा
चिरेर अन्धकार सूर्य झुल्किने प्रभातमा
तिमी ज्वलन्त भानु हौ तिमी प्रकाश दायक
तिमी अनन्त काव्य हौ तिमी युगादि नायक ।
॥२॥

डुबेर मौन भावमा कता कता हराउँछु
टिपेर शब्दका थुँगा म काव्यमा सजाउँछु
सहेर चोट छालको बनौँ म शालिग्राम नै
गरेर नित्य साधना बनौँ म भानुभक्त झैँ ।
॥३॥

उडेर जान सक्छु या हिँडेर पुग्छु लक्ष्यमा
स्वतन्त्रता म पक्रिई छुनेछु माथि चन्द्रमा
म थाल्छु एक चित्तले र गर्छु त्यो निरन्तर
म लेख्न दिव्य काव्यमा रमाउने सबै पल ।
॥४॥

छ प्रेरणा अमूल्य यो तिमी सदैव साथ छौ
सुदूर दूर धामबाट कीर्ति राख भन्दछौ
म हिँड्छु सत्य मार्गमा तिमी गयौ जताजता
बनेर भानु झैँ म आज लेख्छु दिव्य सत्कथा ।
॥५॥

०००
तेह्रथुम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उज्यालोको यात्रा

उज्यालोको यात्रा

रेजिना आपगाई
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x