साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उज्यालोको यात्रा

कुरीतिमा एक अञ्जुली रीति भरेर कुसंस्कारमा घडाभरि संस्कार भरेर अब उज्यालो स्वयंलाई उज्यालो हुनु छ र उज्यालो बनाउनु छ अँध्यारोसँग अमन भइसकेको अँध्यारोलाई ।

Nepal Telecom ad

छोरो प्रश्न गर्छ
आमा !
भर्खरसम्म झलमल्ल रहेको त्यो उज्यालो
रातपरेपछि कहाँ गएर निदाउँछ ?
बाबू !
अँध्यारो भएपछि हामी निदाउँछौंँ
अँध्यारो भएपछि संसार निदाउँछ
अँध्यारो भए पनि उज्यालोले निदाउन पाउँदैन
निशाले घुम्टो उघार्दै गर्दा
चराहरू चिर्बिराउँदा
उज्यालो सखारै आइपुग्नु छ
एक क्षितिज सम्भावना बोकेर
त्यही उज्यालोमा स्वतन्त्र हुनेछन्
बर्सौँदेखि नाडीबाट मुक्ति चाहने हतकडीहरू
कालो दौलतले आजित सन्दुकहरू
कैदीहरूको छटपटीले बेचैन झ्यालखानाहरू
कुरीतिको छातीमा बज्रिदा लखतरान भएका अस्त्रहरू
भ्रष्ट आचारबाटै थकित भ्रष्टाचारहरू
उज्यालोसँगै फर्किनेछन्
अँध्यारोले आवाज खोसेका जिब्राहरू
अँध्यारोमा न्याय हराएर पोखिएका आँसुहरू
उज्यालोको छहारीमा उम्रिनेछ
एक बगैँचा सुशासन
फर्किनेछन्
अँध्यारो भोकले गन्तव्य बिर्सिएर उडेका गौँथलीहरू
एक चुच्चो चारोसँगै एक गुँड खुसी च्यापेर ।
बाबू !
उज्यालो झुल्किने छ
बेथितिमा एक हृदय थिति भरेर
भ्रष्टाचारमा एक हरफ आचार भरेर
कुरीतिमा एक अञ्जुली रीति भरेर
कुसंस्कारमा घडाभरि संस्कार भरेर
अब
उज्यालो स्वयंलाई उज्यालो हुनु छ
र उज्यालो बनाउनु छ
अँध्यारोसँग अमन भइसकेको अँध्यारोलाई ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रेरणा

प्रेरणा

रेजिना आपगाई
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x