नन्दलाल आचार्यघाँसे
खड्गको सवालको जवाफ फर्काउनुको साटो बाजेले आफ्नै मनोगन्थन ओकले; ‘म साक्षरले निरक्षरबाट महान् पाठ पढ्न सक्छु भने अचेलका मान्छे चाहिँ के गर्दा रहेछन् भनेर पृथ्वीलोक घुम्न निस्केको !’

नन्दलाल आचार्य
‘ए है, ए है । तपाईं त्यही अचार्ज बाजे हैन ?’ खड्ग ठाडा मगरले सामान्य तर एक्कासी प्रश्न तेस्र्याउँदा चिन्न नसकेर बाजे अल्मलिए ।
‘मेरा कुराबाट पाठ सिकेर यी बाजेले संसारलाई प्रभावित पारे । कवितामार्फत नेपाली साहित्य आकाश चम्काए । सगरमाथा जत्रो नाम कमाए । अहिले आएर म नाथेलाई चटक्कै बिर्से ।’ खड्गले आफ्नै मनसँग गथासो पोखे । झिनो स्वर ओठबाट निक्लिहाल्यो । ध्वनिका रुपमा शब्दहरु बाजेका कानमा ठोक्किए ।
बाजेले बल्ल चिने र विगत सम्झँदै भने, ‘ए खड्ग दाइ पो । तपाईंको प्रेरणा म जन्मजन्मान्तरसम्म पनि भुल्न सक्तिनँ । तपाईंको उच्च मूल्याङ्कन गर्दै मैले कविता लेखेको छु । मेरा कविताको भगवान् नै तपाईंलाई ठानेको र मानेको छु ।’
‘मलाई त्यत्रो उचाइ दिनुभएकै हो त ?’ अविश्वासले खड्गले प्रश्न ठड्याए ।
खड्गको सवालको जवाफ फर्काउनुको साटो बाजेले आफ्नै मनोगन्थन ओकले; ‘म साक्षरले निरक्षरबाट महान् पाठ पढ्न सक्छु भने अचेलका मान्छे चाहिँ के गर्दा रहेछन् भनेर पृथ्वीलोक घुम्न निस्केको !’
यकिन हुन खड्ग र बाजे दुबैले बस्तीतिर कान थापे । चारैतिर आफ्नै कविता गुन्जिरहेको सुनेर आपसमा मुखामुख गर्न थाले-
भर् जन्म घाँसतिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति ।
०००
Subscribe
Login
0 Comments
Oldest








































