साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घाँसे

खड्गको सवालको जवाफ फर्काउनुको साटो बाजेले आफ्नै मनोगन्थन ओकले; ‘म साक्षरले निरक्षरबाट महान् पाठ पढ्न सक्छु भने अचेलका मान्छे चाहिँ के गर्दा रहेछन् भनेर पृथ्वीलोक घुम्न निस्केको !’

Nepal Telecom ad

नन्दलाल आचार्य

‘ए है, ए है । तपाईं त्यही अचार्ज बाजे हैन ?’ खड्ग ठाडा मगरले सामान्य तर एक्कासी प्रश्न तेस्र्याउँदा चिन्न नसकेर बाजे अल्मलिए ।

‘मेरा कुराबाट पाठ सिकेर यी बाजेले संसारलाई प्रभावित पारे । कवितामार्फत नेपाली साहित्य आकाश चम्काए । सगरमाथा जत्रो नाम कमाए । अहिले आएर म नाथेलाई चटक्कै बिर्से ।’ खड्गले आफ्नै मनसँग गथासो पोखे । झिनो स्वर ओठबाट निक्लिहाल्यो । ध्वनिका रुपमा शब्दहरु बाजेका कानमा ठोक्किए ।

बाजेले बल्ल चिने र विगत सम्झँदै भने, ‘ए खड्ग दाइ पो । तपाईंको प्रेरणा म जन्मजन्मान्तरसम्म पनि भुल्न सक्तिनँ । तपाईंको उच्च मूल्याङ्कन गर्दै मैले कविता लेखेको छु । मेरा कविताको भगवान् नै तपाईंलाई ठानेको र मानेको छु ।’

‘मलाई त्यत्रो उचाइ दिनुभएकै हो त ?’ अविश्वासले खड्गले प्रश्न ठड्याए ।

खड्गको सवालको जवाफ फर्काउनुको साटो बाजेले आफ्नै मनोगन्थन ओकले; ‘म साक्षरले निरक्षरबाट महान् पाठ पढ्न सक्छु भने अचेलका मान्छे चाहिँ के गर्दा रहेछन् भनेर पृथ्वीलोक घुम्न निस्केको !’

यकिन हुन खड्ग र बाजे दुबैले बस्तीतिर कान थापे । चारैतिर आफ्नै कविता गुन्जिरहेको सुनेर आपसमा मुखामुख गर्न थाले-
भर् जन्म घाँसतिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो

मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x