साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विकास

सम्पन्नताले उचाइ छुँदै जाँदा खस्किँदै गएका छन् संवेदनाहरू मेटिएको छ पहिचान हराएको छ मानवता । हो, वास्तवमै विकास आएपछि सुरु भएको छ मान्छेको विनाश ।

Nepal Telecom ad

किशन पौडेल :

विकास,
दशकौँपछि
समृद्धिका सपनाहरू बोकेर
डोजर लिएर
गाउँ फर्कियो ।
र,
ढालिदियो
हजुरबुबाले आस्थाले रोपेको
बाटो छेउको बर-पिपलको चौतारी
पुरिदियो
बाजेहरूको पसिनाको बुँदले भरिएको
काकाकुल गाउँको साझा इनार,
भत्काइदियो
एउटा बलियो विश्वासको
जगमा उभिएको
पुस्तैनी किलो
बाटो छेउको बाटुले घर ।
उखेलिदियो
कला,सभ्यता र सम्पदाका धरोहर
पाटी, पौवा र सत्तल ।
विकास
दशकौँपछि गाउँ फर्कियो

रोपिदियो
कलहको एउटा बिउ
थोपरिदियो मुआब्जाको लालच
र देखायो समृद्धिका सपनाहरू ।
आजकल देखिदैन
हरिया खेत र पाटे बारीहरू
कङ्क्रिटका गन्तव्यहीन
बाटाहरूले जेलिएका छन् फाँटहरू
जग्गाको भाउ बढेको छ
मान्छेको भाउ खस्केको छ
खुलेका छन् बाटो छेउमै
सेकुवा कर्नरहरू
बार र रेस्टुरेन्टहरू
जहाँ सधैँ चल्छन्
ठेक्कापट्टा, कमिसन
र भागबन्डाका वार्तालापहरू ।
फराकिला भएका छन् बाटाहरू
साँगुरिँदै गएका छन् मनहरू
फैलिएका छन् गोरेटाहरू
खुम्चिएका छन् सम्बन्धहरू,
सम्पन्नताले उचाइ छुँदै जाँदा
खस्किँदै गएका छन् संवेदनाहरू
मेटिएको छ पहिचान
हराएको छ मानवता ।
हो, वास्तवमै
विकास आएपछि
सुरु भएको छ मान्छेको विनाश ।

०००
हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियति

नियति

किशन पाैडेल
नियति

नियति

किशन पाैडेल
झोला

झोला

किशन पाैडेल
कमरेडहरू

कमरेडहरू

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x