सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

विकास

सम्पन्नताले उचाइ छुँदै जाँदा खस्किँदै गएका छन् संवेदनाहरू मेटिएको छ पहिचान हराएको छ मानवता । हो, वास्तवमै विकास आएपछि सुरु भएको छ मान्छेको विनाश ।

Nepal Telecom ad

किशन पौडेल :

विकास,
दशकौँपछि
समृद्धिका सपनाहरू बोकेर
डोजर लिएर
गाउँ फर्कियो ।
र,
ढालिदियो
हजुरबुबाले आस्थाले रोपेको
बाटो छेउको बर-पिपलको चौतारी
पुरिदियो
बाजेहरूको पसिनाको बुँदले भरिएको
काकाकुल गाउँको साझा इनार,
भत्काइदियो
एउटा बलियो विश्वासको
जगमा उभिएको
पुस्तैनी किलो
बाटो छेउको बाटुले घर ।
उखेलिदियो
कला,सभ्यता र सम्पदाका धरोहर
पाटी, पौवा र सत्तल ।
विकास
दशकौँपछि गाउँ फर्कियो

रोपिदियो
कलहको एउटा बिउ
थोपरिदियो मुआब्जाको लालच
र देखायो समृद्धिका सपनाहरू ।
आजकल देखिदैन
हरिया खेत र पाटे बारीहरू
कङ्क्रिटका गन्तव्यहीन
बाटाहरूले जेलिएका छन् फाँटहरू
जग्गाको भाउ बढेको छ
मान्छेको भाउ खस्केको छ
खुलेका छन् बाटो छेउमै
सेकुवा कर्नरहरू
बार र रेस्टुरेन्टहरू
जहाँ सधैँ चल्छन्
ठेक्कापट्टा, कमिसन
र भागबन्डाका वार्तालापहरू ।
फराकिला भएका छन् बाटाहरू
साँगुरिँदै गएका छन् मनहरू
फैलिएका छन् गोरेटाहरू
खुम्चिएका छन् सम्बन्धहरू,
सम्पन्नताले उचाइ छुँदै जाँदा
खस्किँदै गएका छन् संवेदनाहरू
मेटिएको छ पहिचान
हराएको छ मानवता ।
हो, वास्तवमै
विकास आएपछि
सुरु भएको छ मान्छेको विनाश ।

०००
हेटौडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
छ हाइकु

छ हाइकु

किशन पाैडेल
सम्मानित आदेश

सम्मानित आदेश

किशन पाैडेल
आशक्ति

आशक्ति

किशन पाैडेल
सधैँ उस्तै छ

सधैँ उस्तै छ

किशन पाैडेल
योगदान

योगदान

किशन पाैडेल
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख