साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गर्छौं गुलामी !

दिई शान भन्छन् यहाँ बिग्रिनेले कुहेकै कुराले सुरा बन्छ दामी ! हिजै फाल्नु पर्ने सिनो गम्किँदै छ म पर्खी बसेको छु अर्को सुनामी !

Nepal Telecom ad

बूँद राना :

छु आजाद भन्छौं र गर्छौं गुलामी !
कहाँसम्म लाछी भयौं आज हामी ?

थियो रोग चर्को झनै बल्झिँदै छ
यहाँ जो छ बोक्सी उही नै छ धामी !

कुरा बिग्रिएको यहीँबाट हो है
फगत् भक्त रोज्यौं नखोजेर खामी !

दिई शान भन्छन् यहाँ बिग्रिनेले
कुहेकै कुराले सुरा बन्छ दामी !

हिजै फाल्नु पर्ने सिनो गम्किँदै छ
म पर्खी बसेको छु अर्को सुनामी !

म बर्खा हुँ तिर्खा सबै मेट्छु भन्थ्यो
गयो बूँदको प्यास छाम्दै न छामी !

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x