सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ग्रहहरूको ताण्डव

दुष्ट सारा ग्रह बनेपछि बोकेर जिन्दगीका गुनासाहरू पुगेँ म, एउटा शिवालय, तर म भन्दा निक्कै अघिदेखि कुर्दा-कुर्दै महादेवलाई नन्दीजी स्वयं ढुङ्गा भइसकेका रहेछन् ।

Nepal Telecom ad

सुरज पराजुली  :

साढे साती शनीको दशा
एक-एक सपनाहरू फ्रस्टेड हुँदै गए
झुण्डिएर
बिष खाएर
हाम फालेर
किचिएर
गर्न थाले आत्महत्या

केतुले बुद्धि बिगार्‍यो
जाँड-रक्सी
चुरोट-गाँजा
सुर्ती-गुट्खा

भ्रामरीले राहदानी थमायो
राहुले आफन्त पन्छायो

बृहस्पति अरुकै चिनामा रमाए
चन्द्रमा पनि हराए

सूर्यले दिएन प्रकाश जिन्दगीमा, जलायो
शुक्र अरूलाई हँसाउन, व्यस्त
मंगल सधैं अमंगल
बुध ठुस्केर बसिरह्यो सधैं

दुष्ट सारा ग्रह बनेपछि
बोकेर जिन्दगीका गुनासाहरू
पुगेँ म, एउटा शिवालय

तर
म भन्दा निक्कै अघिदेखि
कुर्दा-कुर्दै महादेवलाई
नन्दीजी
स्वयं ढुङ्गा भइसकेका रहेछन् ।

०००
मोरङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भेट

भेट

सुरज पराजुली
भेट

भेट

सुरज पराजुली
अभिनय

अभिनय

सुरज पराजुली
फलानो

फलानो

सुरज पराजुली
हन्ते भुँडी

हन्ते भुँडी

सुरज पराजुली
भगौडा बुद्धि ! आज पनि भाग्यो

भगौडा बुद्धि ! आज...

सुरज पराजुली
धरोधर्म गर्छु (२५)

धरोधर्म गर्छु (२५)

डिल्लीप्रसाद मूलतिहुन
कसो गर्नु हो ? माइला दाइ !

कसो गर्नु हो ?...

तेजविलास अधिकारी
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने