साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ग्रहहरूको ताण्डव

दुष्ट सारा ग्रह बनेपछि बोकेर जिन्दगीका गुनासाहरू पुगेँ म, एउटा शिवालय, तर म भन्दा निक्कै अघिदेखि कुर्दा-कुर्दै महादेवलाई नन्दीजी स्वयं ढुङ्गा भइसकेका रहेछन् ।

Nepal Telecom ad

सुरज पराजुली  :

साढे साती शनीको दशा
एक-एक सपनाहरू फ्रस्टेड हुँदै गए
झुण्डिएर
बिष खाएर
हाम फालेर
किचिएर
गर्न थाले आत्महत्या

केतुले बुद्धि बिगार्‍यो
जाँड-रक्सी
चुरोट-गाँजा
सुर्ती-गुट्खा

भ्रामरीले राहदानी थमायो
राहुले आफन्त पन्छायो

बृहस्पति अरुकै चिनामा रमाए
चन्द्रमा पनि हराए

सूर्यले दिएन प्रकाश जिन्दगीमा, जलायो
शुक्र अरूलाई हँसाउन, व्यस्त
मंगल सधैं अमंगल
बुध ठुस्केर बसिरह्यो सधैं

दुष्ट सारा ग्रह बनेपछि
बोकेर जिन्दगीका गुनासाहरू
पुगेँ म, एउटा शिवालय

तर
म भन्दा निक्कै अघिदेखि
कुर्दा-कुर्दै महादेवलाई
नन्दीजी
स्वयं ढुङ्गा भइसकेका रहेछन् ।

०००
मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ब्रह्माजीको पिलो

ब्रह्माजीको पिलो

सुरज पराजुली
भेट

भेट

सुरज पराजुली
भेट

भेट

सुरज पराजुली
अभिनय

अभिनय

सुरज पराजुली
फलानो

फलानो

सुरज पराजुली
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x