साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ब्रह्माजीको पिलो

याद राख्नुस् ! जुन दिनबाट पूर्ण रूपले निको हुनेछ ब्रह्माजीको नितम्बको पिलो मेटिनेछ मानव जातिको अस्तित्व त्यसैदिनबाट हराउनेछ अन्तरिक्षबाट एउटा ग्रह पृथ्वी !

Nepal Telecom ad

सुरज पराजुली :

सारा ब्रह्माण्ड
चराचर जगतको सृष्टि गर्दा गर्दै
शरीरको तल्लो भागमा कतै
उत्पन्न भयो एउटा नौलो किसिमको दुखाई
छटपटाउन थाले ब्रह्माजी पीडाले
लौन ! मेरो नितम्बमा पिलो पो आएछ

टनक टनक रन्किएपछि
घोचेर निचोर्दिए ब्रह्मलोकका वैद्यहरूले
पिलित्त निस्कियो महाभारतको लडाईं
रामायणको युद्ध

अझै निस्किएन सायद आँखो, भएन सञ्चो
पुनः निचोरियो बल गरेर
चङ्गेज खान समयको रगत तुर्कियो, तुरुक्क
तिरिक्क रोइदिए ब्रह्माजी, बोनापाटे युग आयो बाहिर
आयो मजेल नदी र जर्मनी हुँदै
प्रथम र दोस्रो विश्व युद्धका पिपहरू ह्वाल्ल

सफा गरियो आएपछि
जोन्सटाउन मास सुसाइड
पुचुक्क!
पाकिस्तानी चक्रवात बाहिरियो

अफगानिस्तान, सिरियाले बिच्कायो फेरि
झिकियो बाहिर पिलित्त
थिली पिथीली बनाएर निकालियो
हिन्द महासागरको सुनामी
नेपालको भूकम्प

सोमिलियाका भोका ब्याक्टेरिया
भारतको किसान आत्महत्या बगिरहेका छन्
बेला-बेला पुछिरहनु पर्छ

जसै सुक्दै गएको छ पिलो
उसै बढ्दै छ ग्लोबल वार्मिङ

बल गरेर निचोरेका निचोरै छन् वैद्यहरू
निस्किरहेछ एवम् रितले
नयाँ-नयाँ तरिकाले मृत्यु

याद राख्नुस् ! जुन दिनबाट पूर्ण रूपले निको हुनेछ
ब्रह्माजीको नितम्बको पिलो
मेटिनेछ मानव जातिको अस्तित्व
त्यसैदिनबाट हराउनेछ अन्तरिक्षबाट एउटा ग्रह
पृथ्वी !

०००
माेरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भेट

भेट

सुरज पराजुली
भेट

भेट

सुरज पराजुली
ग्रहहरूको ताण्डव

ग्रहहरूको ताण्डव

सुरज पराजुली
अभिनय

अभिनय

सुरज पराजुली
फलानो

फलानो

सुरज पराजुली
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x