सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भेट

र भगवानको घरमा भोकले चिच्याइरहेका थिए तिनै भवनले किचेका, मजदुरहरूको प्राण जहाँ जिउँदा लासमाथि राज गर्ने मालिक मरेका लासमाथि राज गर्ने भगवान् र सधैं मरिरहने मजदुरहरूको भेट हुन्छ ।

Nepal Telecom ad

सुरज पराजुली :

निक्कै पहिला काठमाडौं आउँदा
उँधो मुन्टो लगाएर धरहरा हेर्दा
मलाई बडो अचम्म लाग्थ्यो
समयसँगै
आकाशलाई छेडेर, बादललाई च्यातेर
बन्दै गए, भवनहरू
देश विदेशमा थपिँदै जान थाले
धरहरा भन्दा अग्ला भवन
एकदिन केहि अग्ला भवनको
सबैभन्दा माथिल्लो तलामा सुनियो
निकै कहालीलाग्दो आवाज
मालिकहरूले झ्याल खोल्दा
झ्यालै अगाडि थियो
भगवान्को घर
र भगवानको घरमा
भोकले चिच्याइरहेका थिए
तिनै भवनले किचेका, मजदुरहरूको प्राण
बादलमाथि
भगवानको एउटा घर छ
जहाँ जिउँदा लासमाथि राज गर्ने मालिक
मरेका लासमाथि राज गर्ने भगवान्

सधैं मरिरहने मजदुरहरूको भेट हुन्छ ।

०००
सुनसरी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भेट

भेट

सुरज पराजुली
ग्रहहरूको ताण्डव

ग्रहहरूको ताण्डव

सुरज पराजुली
अभिनय

अभिनय

सुरज पराजुली
फलानो

फलानो

सुरज पराजुली
हन्ते भुँडी

हन्ते भुँडी

सुरज पराजुली
भगौडा बुद्धि ! आज पनि भाग्यो

भगौडा बुद्धि ! आज...

सुरज पराजुली
धरोधर्म गर्छु (२५)

धरोधर्म गर्छु (२५)

डिल्लीप्रसाद मूलतिहुन
कसो गर्नु हो ? माइला दाइ !

कसो गर्नु हो ?...

तेजविलास अधिकारी
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने