साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेट

र भगवानको घरमा भोकले चिच्याइरहेका थिए तिनै भवनले किचेका, मजदुरहरूको प्राण जहाँ जिउँदा लासमाथि राज गर्ने मालिक मरेका लासमाथि राज गर्ने भगवान् र सधैं मरिरहने मजदुरहरूको भेट हुन्छ ।

Nepal Telecom ad

सुरज पराजुली :

निक्कै पहिला काठमाडौं आउँदा
उँधो मुन्टो लगाएर धरहरा हेर्दा
मलाई बडो अचम्म लाग्थ्यो
समयसँगै
आकाशलाई छेडेर, बादललाई च्यातेर
बन्दै गए, भवनहरू
देश विदेशमा थपिँदै जान थाले
धरहरा भन्दा अग्ला भवन
एकदिन केहि अग्ला भवनको
सबैभन्दा माथिल्लो तलामा सुनियो
निकै कहालीलाग्दो आवाज
मालिकहरूले झ्याल खोल्दा
झ्यालै अगाडि थियो
भगवान्को घर
र भगवानको घरमा
भोकले चिच्याइरहेका थिए
तिनै भवनले किचेका, मजदुरहरूको प्राण
बादलमाथि
भगवानको एउटा घर छ
जहाँ जिउँदा लासमाथि राज गर्ने मालिक
मरेका लासमाथि राज गर्ने भगवान्

सधैं मरिरहने मजदुरहरूको भेट हुन्छ ।

०००
सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ब्रह्माजीको पिलो

ब्रह्माजीको पिलो

सुरज पराजुली
भेट

भेट

सुरज पराजुली
ग्रहहरूको ताण्डव

ग्रहहरूको ताण्डव

सुरज पराजुली
अभिनय

अभिनय

सुरज पराजुली
फलानो

फलानो

सुरज पराजुली
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x