रुपक अलङ्कारभए त नोटको बिटो
म हैन माहुरी कुनै म दुष्ट काठको किरो चपाइदिन्छु कानुन विधान राख्छु दाउमा ।

रुपक अलङ्कार :
म मान राख्छु दाउमा इमान राख्छु दाउमा
मिलोस् न यित्ति सम्पति जहान राख्छु दाउमा ।
म रम्छु अन्धकारमा भने भनून् निशाचर
प्रकाशले डसिन्छु म बिहान राख्छु दाउमा ।
कुवेरलाई जित्छु म महाकुवेर बन्छु म
र कल्प कल्प बाँच्छु म चिहान राख्छु दाउमा ।
म हैन माहुरी कुनै म दुष्ट काठको किरो
चपाइदिन्छु कानुन विधान राख्छु दाउमा ।
सकेन छेक्न ऐनले निदाउँदै छु चैनले
भए त नोटको बिटो परान राख्छु दाउमा ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































