साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म भ्रष्ट हुँ, दलाल हुँ

मलाई सम्झी गण्डकी ममाथि तैरियौ तिमी, मभित्र छैन स्वच्छता गनाउने म नाल हुँ ।

Nepal Telecom ad

मलाई फुल सम्झियौ म घाँस हुँ पराल हुँ
मलाई थुक मानिस म भ्रष्ट हुँ दलाल हुँ ।

कुरूपता कुकर्मको भएँ म आज डङ्गुर
पुछेर फाल हातले सिँगान हुँ म र्‍याल हुँ ।

खनेर गाड खाडल बनिनँ शुद्ध मानिस
तुहिगएछु गर्भमै म मात्र सालनाल हुँ ।

मलाई सम्झी गण्डकी ममाथि तैरियौ तिमी
मभित्र छैन स्वच्छता गनाउने म नाल हुँ ।

डढाइदिन्छु देश नै उमाल्छु यो हिमाल नै
जगत् समस्त भस्म होस् म लोभको मसाल हुँ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भए त नोटको बिटो

भए त नोटको बिटो

रुपक अलङ्कार
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x