साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलाकार

अहो ! देशका निम्ति ज्यानै दिनेमा दगाबाजको सत्त्व-सातो लिनेमा उनै अग्रगामी खुरन्धार देखेँ उनीसँग उत्तुङ्ग टङ्कार देखेँ ।

Nepal Telecom ad

नदेओ ! नदेओ !! मलाई नदेओ !!!
पुरस्कार सम्मान केही नदेओ !!!!
भनी भन्न सक्ने कलाकार देखेँ
दुई नेत्र खुल्दा त्यहाँ प्यार देखेँ ।१

उनी हुन् लुकेका खजाना विचित्र
उनी हुन् सबैका-गुणी सत्यमित्र
उनीभित्र मैले सदाचार देखेँ
उनी शान्त सोझा, वफादार देखेँ ।२

कला शिल्प साहित्यमा प्राण भर्ने
सदा शारदाको यशोगान गर्ने
बडो दिव्य स्वणर्ाभ संसार देखेँ
उनीमा-समीचीन संस्कार देखेँ ।३

कुनै वाक्य बोल्दा हुने पुष्प वृष्टि
दली लेपजस्तै छुने स्नेह-दृष्टि
गलाभित्र सङ्गीतका तार देखेँ
सुलालित्य सेवा लगातार देखेँ ।४

सबैको भलो भावले पूणर् छाती
छ साना ठुला-संग बर्ताव जाती
दुखी निर्धनीका त आधार देखेँ
सबैतर्फ स्याहार-सम्भार देखेँ ।५

नदेख्ने गरी काम गर्नेहरूमा
अँध्यारो हरी घाम छर्नेहरूमा
उनैको जमर्को सयौँ वार देखेँ
उँभो चढ्नलाई खुला द्वार देखेँ ।६

बढारी धुवाँ धूल धोएर मैला
विकासी विधाले भरी कर्म घैला
नयाँ मार्ग खन्ने म औजार देखेँ
करोडौँ जनस्वप्न साकार देखेँ ।७

बगैँचा बगैँचा सिला खोज्न पुग्ने
छ राम्रो भने चीज त्यो रोज्न पुग्ने
जगेर्ना भनौँ वा समाहार देखेँ
उनीभित्र बग्दो नयाँ धार देखेँ ।८

अहो ! देशका निम्ति ज्यानै दिनेमा
दगाबाजको सत्त्व-सातो लिनेमा
उनै अग्रगामी खुरन्धार देखेँ
उनीसँग उत्तुङ्ग टङ्कार देखेँ ।९

०००
याङ्गुन, म्यान्मार (बर्मा)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
केही व्यङ्ग्यात्मक उदक

केही व्यङ्ग्यात्मक उदक

टेकनारायण रिमाल ‘कौशिक’
चाहियो चाहियो चाहियो

चाहियो चाहियो चाहियो

टेकनारायण रिमाल ‘कौशिक’
युग सुहाउँदो बन्नु छ

युग सुहाउँदो बन्नु छ

टेकनारायण रिमाल ‘कौशिक’
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x