साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाहियो चाहियो चाहियो

जति जति म चाहन्छु, देओस् खुशी उति उति रातोदिन खटोस् तेही, म त खाऊँ सुती सुती । जन्ती लिएर मै जाऊँ, ली आओस् दाइजो पति बङ्गला कार टीभी र अरु अपार सम्पति ।

Nepal Telecom ad

टेकनारायण रिमाल ‘कौशिक’

मलाई चाहियो यस्तो, सोझो र सजिलो पति
जसले घर धन्धामा, देओस् साठी घडी मति ।१।

चुपचाप सुनोस् खालि,मैले गाली गरूँ जति
उभिई भूइँमा हेरोस्,जवाफ नगरोस् रति ।२।

पति धर्म बुझी मेरै, गरोस् अर्चन आरती
छ यसैमा भनी ठानी, उत्तरोत्तर उन्नति ।३।

फुर्सदमा घसोस् गोडा, नझर्किई अलिकति
लोभियून् लोकका स्वास्नी, अहा ! क्या गतिलो पति।४।

पत्नीव्रता बनी पुण्य, कमाओस् कति हो कति
त्यै पुण्यले गरी जन्मैपिच्छे मेरै बनोस् पति ।५।

बाँचुञ्जेल गरी सेवा, मरी पाओस् परंगति
म मरे विधिवत् जाओस्, मेरो चिता चढ़ी सति ।६।

ल्याएँ सौतो भने राखोस्, भाइ सम्झेर पीरति
पत्नीका पतिको सेवा, कलीको यै छ सम्मति ।७।

जति जति म चाहन्छु, देओस् खुशी उति उति
रातोदिन खटोस् तेही, म त खाऊँ सुती सुती ।८।

जन्ती लिएर मै जाऊँ, ली आओस् दाइजो पति
बङ्गला कार टीभी र अरु अपार सम्पति ।९।

म सुत्केरी हुँदा बच्चा, सह्यारोस स्वयं पति
हुर्काओस दिई शिक्षा, दीक्षा संस्कार सन्मति ।१०।

०००
याङ्गुन म्यान्मा (बर्मा)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
केही व्यङ्ग्यात्मक उदक

केही व्यङ्ग्यात्मक उदक

टेकनारायण रिमाल ‘कौशिक’
कलाकार

कलाकार

टेकनारायण रिमाल ‘कौशिक’
युग सुहाउँदो बन्नु छ

युग सुहाउँदो बन्नु छ

टेकनारायण रिमाल ‘कौशिक’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x