साइबर अपराध सम्बन्धी सचेतना सामग्री

युग सुहाउँदो बन्नु छ

हरि पनि भज भाइ ! नाच गाऊ रमाऊ घुम फिर खुब मीठो खाऊ राम्रो लगाऊ घर परिजन तिम्रा छन् त वैराग्य कस्तो ? जगत जटिल बन्दै गा’छ पैसा कमाऊ ।

Nepal Telecom ad


नभभरि ग्रह तारा चढ्नुपर्नेछ हामी
भ्रमण जगत सारा गर्नुपर्नेछ हामी
जल थल सब डुल्दै खोज्न सामान्य ज्ञान
दृढ मुटु छ सहारा बढ्नुपर्नेछ हामी ।

२.
चम चम चम गर्ने कार चाली गुडौँला
जलमनि पनडुब्बी नै पसाली बुडौँला
अरुसरि अब हामी बेस विज्ञान द्वारा
असल उडन-झूला पङ्ख हाली उडौँला ।

३.
नियति नियम त्याग्ने ठाम नै छैन भाग्ने
अरुसित कर थाप्ने काम नै छैन माग्ने
मिहिनत पसिनाले बुद्धिले बन्छ काम
परमुख कति ताक्ने नाम नै छैन जाग्ने ?

४.
अखिल जगत जित्ने वीरता हामीमा छ
प्रलय सहन सक्ने धीरता हामीमा छ
तर पनि त सुतेको सिंह बेकार हुन्छ
स्वजन अझ नउठ्दा पीर ता हामीमा छ ।

५.
जगत विकट बन्दै गा’छ रोजै महङ्गो
अलिकति धनले ता लाग्न सक्तैन टुङ्गो
अधिक धन हुनाले दुर्दशा हुन्छ भन्ने
भ्रमित मन हुनाले बन्छ मान्छे लफङ्गो ।

६.
हरि पनि भज भाइ ! नाच गाऊ रमाऊ
घुम फिर खुब मीठो खाऊ राम्रो लगाऊ
घर परिजन तिम्रा छन् त वैराग्य कस्तो ?
जगत जटिल बन्दै गा’छ पैसा कमाऊ ।

७.
नव नव सिक भाषा जान विज्ञान खासा
नव पिँढि तिमिमा नै जातिले राख्छ आशा
कति छ कति छ गर्नै राष्ट्रका लागि काम
अघि बढ दृढताका साथ त्यागी निराशा ।

०००
याङ्गुन, म्यानमार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
केही व्यङ्ग्यात्मक उदक

केही व्यङ्ग्यात्मक उदक

टेकनारायण रिमाल ‘कौशिक’
चाहियो चाहियो चाहियो

चाहियो चाहियो चाहियो

टेकनारायण रिमाल ‘कौशिक’
कलाकार

कलाकार

टेकनारायण रिमाल ‘कौशिक’
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x