सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हास्यव्यङ्ग्य सर्जकहरू रिजाल र लामिछाने सम्मानित

चार दशकदेखि नेपाली हास्यव्यङ्ग्य साहित्यमा निरन्तर योगदानको कदरस्वरुप साबित्रादेवी-अच्युतप्रसाद खतिवडा साहित्य सेवा प्रतिष्ठान विराटनगरले रु. २१ हजार राशीसहित उहाँलाई सम्मान गरेको हो ।

Nepal Telecom ad

हास्यव्यङ्ग्यकार आर.सी. रिजाल सम्मानित
बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष तथा हास्यव्यङ्ग्यकार आर.सी. रिजाल साबित्रादेवी-अच्युतप्रसाद खतिवडा हास्यव्यङ्ग्य साहित्य सम्मान २०७९ बाट सम्मानित हुनु भएको छ ।

चार दशकदेखि नेपाली हास्यव्यङ्ग्य साहित्यमा निरन्तर योगदानको कदरस्वरुप साबित्रादेवी-अच्युतप्रसाद खतिवडा साहित्य सेवा प्रतिष्ठान विराटनगरले रु. २१ हजार राशीसहित उहाँलाई सम्मान गरेको हो ।

सोही क्रममा प्रतिष्ठानले हास्यव्यङ्ग्य कविता प्रतियोगिता समेत आयोजना गरेको थियो ।
बुढ्यौली साहित्य समाजका विभिन्न जिल्ला कार्यसमितिहरू गठन हुने क्रममा रहेका छन् । संस्थाले पाका उमेरका स्रष्टाहरूको सम्मानमा रचना वाचन, विमोचन, विमर्श, सम्मान लगायतका साहित्यिक गतिविधिहरू सञ्चालन गर्ने गरेको छ ।

सिस्नुपानी मकवानपुरका अध्यक्ष सम्मानित
ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्थाले हास्यव्यङ्ग्य क्षेत्रमा विशिष्ट योगदान पुर्याीउने स्रष्टालाई हरेक वर्ष प्रदान गर्दै आएको रु. १० हजार १ राशीको ज्ञानदीप हास्यव्यङ्ग्य सम्मानद्वारा सिस्नुपानी नेपाल मकवापुरका अध्यक्ष राजकुमार लामिछाने सम्मानित हुनु भएको छ ।

२ वटा हास्यव्यङ्ग्य साहित्यिक पुस्तक प्रकाशन गरी गर्नु भएको छ । लामिछाने अध्यक्ष चुनिएपछि सिस्नुपानी मकवानपुरले विभिन्न साहित्यिक गतिविधिहरूमा सक्रिय रहेको छ । शुक्रबार नै राष्ट्रियस्तरको हास्यव्यङ्ग्य कविता प्रतियोगिता आयोजना गरिएको थियो ।

उहाँले सम्मानस्वरुप प्राप्त नगद रकम हास्यव्यङ्ग्य लेखनमा स्वागत गर्दै नवसर्जक साहित्य चौतारीलाई हस्तान्तरण गर्नु भएको छ । नवसर्जक साहित्य चौतारी नेपालभरका विद्यालय तहमा अध्ययनरत बालबालिकामा कला साहित्यको विकास गर्ने हेतुले गठित वृहद समूह हो । अनलाइन तथा भौतिक रूपमा नियमित रचना वाचन, बहस, विमोचन लगायत साहित्यिक गतिविधमा सक्रिय यस साहित्यिक समूहको संरक्षकमा दीपक गौतम रहनु भएको छ ।

हास्यव्यङ्ग्यको क्षेत्रमा पछिल्ला पुस्तालाई हौसला दिइराख्नु हुने दुवै व्यक्तित्वप्रति हामी हार्दिक बधाई तथा शुभकामना प्रकट गर्दछौं ।

०००
– सम्प्रस पौडेल हेटौँडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad