साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म अर्कै खाले मान्छे हुँ

खुट्टो तान्ने नआउन् कुरो काट्ने जिब्रो नफट्फटाउन् विकल्प किन चाहियो चलाई राखेका छौँ अझै चलाउछौँ क र ख को बीचमा अ चाहिएन । श्रीमतीको प्रिय, पछ्याउनेको हाय, अरुको फटाहा हुँ म अर्कैखाले मान्छे हुँ ।

Nepal Telecom ad

झुट्टो बोल्दिनँ
साचो बोलेको थाहा छैन
गर्दिनँ कहिल्यै भन्दिनँ
गर्नै आँटे
अर्को मजस्तोले गर्नै दिदैन
अरे म, म हुँ
म अर्कै खाले मान्छे हुँ ।

म यथास्थिति होइन
दहीचिउरे पनि होइन
यता मात्रै होइन
उता मात्रै पनि होइन
केन्द्रबिन्दुमा होइन
साच्चै भन्छु
कुर्सी जता, त्यता हुँ
म अर्कै खाले मान्छे हुँ ।

अचम्मको छु
आफ्ना छैनन्, भए पनि हुँदै होइनन्
पराय छैनन्
सिधान्त छ, छैन पनि
देश बनाउनु छ
भ्रष्टाचारीलाई समाउनु छ
अक्षरशः संविधानलाई कार्यन्वयन गर्नु छ
त्यसैले
प्रमुख मुद्दा कुर्सी हुन्छ
जसरी जम्नु छ
विश्वास अविश्वास हुन्छ
पक्ष विपक्ष हुँ
म अर्कै खाले मान्छे हुँ ।

कुरा सुशासनको होस्
मुटु भित्र देश र जनता होस्
आश्वासन बाँडेर तुर्दैन
परिस्थिति फेर्ने मन्त्र छन्
झोला बोकेर पछ्याइरहनु
माथि पुगेर तान्ने यन्त्र छन्
ढाँट्छु, ढाँटिनु हुन्छ
गल्ती मेरो होइन
ढाँटेर खानु र मर्नु एउटै भन्छु
विश्वास गर्नु हुन्छ , त्यसैले अघुवाई चल्छ
घर चल्छ, समुह चल्छ
खै कस्तो हुँ
म अर्कै खाले मान्छे हुँ ।

मसँग मिलोस् त्योसँग जुधोस्
भन्नेहरू छन्
आस्था, बिचार, वंश नमिलोस्
कुरो मिलोस्,
कति चौलानी उमाल्नु
बाक्लो दालको बेग्लै मजा छ ।

विरोधी धेरै छन्
देखेर थुक्निल्ने कतिछन्
पख् भन्छन् गर्दैनन् केही
विरोधी पनि जाती छन्
सोच्छु
खुट्टो तान्ने नआउन्
कुरो काट्ने जिब्रो नफट्फटाउन्
विकल्प किन चाहियो
चलाई राखेका छौँ अझै चलाउछौँ
क र ख को बीचमा अ चाहिएन ।

श्रीमतीको प्रिय, पछ्याउनेको हाय,
अरुको फटाहा हुँ
म अर्कैखाले मान्छे हुँ ।

०००
त्रियुगा नगरपालिका -११, संगमटोल
उदयपुर,

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्को चेतनाको अवतरण

अर्को चेतनाको अवतरण

टङ्कबहादुर आले
तीन टुक्रा कविता

तीन टुक्रा कविता

टङ्कबहादुर आले
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
जोते हुन्छ

जोते हुन्छ

टङ्कबहादुर आले
यस्तै छ

यस्तै छ

टङ्कबहादुर आले
हजुर बा

हजुर बा

टङ्कबहादुर आले
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x