साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यस्तै छ

कुकर्मे धन फल्दैन साथी बोरामै कुहुन्छ धनको गाठो जतिनै कस चुहेरै सकिन्छ । नराम्रो त्यो भ्रष्टको खेती दुनियाँले थुक्द छ यस्ताका शिर देखेर माटो लाजले झुक्द छ ।

Nepal Telecom ad

टङ्कबहादुर आलेमगर :

शरणार्थी ललिता निवास चर्चा सुनै सुनको
कहिले भाचिने पखेटा देश टोक्ने घुनको ।
भन्छन् कोही मूलीकै डाडु पन्यू छ है यसमा
के हुन आँट्यो ल है यो हाम्रो सुन्दर देशमा ।

महंगाई उभो भो हेर्दा टोपी गरिबकै खस्ने
छैन काम धन्दा उज्यालो के मुहारमा घस्ने ।
घरैबाट मकै झुत्तो बोक्ने बन्कर गाउँमा
उता केन्द्रमा केही रूपी देश धुत्ने दाउमा ।

सुख्खा कतै बाढीपहिरो सुन्दै मुटु धक्धकी
उता छन् देश बनाउनेका आपसी कच्कची ।
हिजो भ्रष्ट आज भ्रष्ट हामी कति कुरा सुन्ने
ए अगुवा हो देश कहिले आत्मा निर्भर बन्ने ?

सोचौँ शहर त्यो गाउँ निर्भर कसरी बन्ला
युवा विदेश नजाने दिन कहिले आउला ।
नगरौँ कार्य वीरको मुटु उनेर झीरमा
एकदिन जल्नै पर्छ सबले खोला तीरमा ।

कुकर्मे धन फल्दैन साथी बोरामै कुहुन्छ
धनको गाठो जतिनै कस चुहेरै सकिन्छ ।
नराम्रो त्यो भ्रष्टको खेती दुनियाँले थुक्द छ
यस्ताका शिर देखेर माटो लाजले झुक्द छ ।

सोच है अब नहोस् फेरि कुर्सीको अवगाल
पुस्तौ देख्लान् पापको घैटो लोभीमन पखाल ।
कुपैसाको कुशिक्षाले कुबुद्धि कुधेरै होला
ए कुकर्मी कुमान्छे कुरूपले कुअन्त होला ।

०००
त्रियुगा नगरपालिका— ११, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्को चेतनाको अवतरण

अर्को चेतनाको अवतरण

टङ्कबहादुर आले
तीन टुक्रा कविता

तीन टुक्रा कविता

टङ्कबहादुर आले
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
जोते हुन्छ

जोते हुन्छ

टङ्कबहादुर आले
हजुर बा

हजुर बा

टङ्कबहादुर आले
तीन ठाेक्तक

तीन ठाेक्तक

टङ्कबहादुर आले
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x