टङ्कबहादुर आलेयस्तै छ
कुकर्मे धन फल्दैन साथी बोरामै कुहुन्छ धनको गाठो जतिनै कस चुहेरै सकिन्छ । नराम्रो त्यो भ्रष्टको खेती दुनियाँले थुक्द छ यस्ताका शिर देखेर माटो लाजले झुक्द छ ।

टङ्कबहादुर आलेमगर :
शरणार्थी ललिता निवास चर्चा सुनै सुनको
कहिले भाचिने पखेटा देश टोक्ने घुनको ।
भन्छन् कोही मूलीकै डाडु पन्यू छ है यसमा
के हुन आँट्यो ल है यो हाम्रो सुन्दर देशमा ।
महंगाई उभो भो हेर्दा टोपी गरिबकै खस्ने
छैन काम धन्दा उज्यालो के मुहारमा घस्ने ।
घरैबाट मकै झुत्तो बोक्ने बन्कर गाउँमा
उता केन्द्रमा केही रूपी देश धुत्ने दाउमा ।
सुख्खा कतै बाढीपहिरो सुन्दै मुटु धक्धकी
उता छन् देश बनाउनेका आपसी कच्कची ।
हिजो भ्रष्ट आज भ्रष्ट हामी कति कुरा सुन्ने
ए अगुवा हो देश कहिले आत्मा निर्भर बन्ने ?
सोचौँ शहर त्यो गाउँ निर्भर कसरी बन्ला
युवा विदेश नजाने दिन कहिले आउला ।
नगरौँ कार्य वीरको मुटु उनेर झीरमा
एकदिन जल्नै पर्छ सबले खोला तीरमा ।
कुकर्मे धन फल्दैन साथी बोरामै कुहुन्छ
धनको गाठो जतिनै कस चुहेरै सकिन्छ ।
नराम्रो त्यो भ्रष्टको खेती दुनियाँले थुक्द छ
यस्ताका शिर देखेर माटो लाजले झुक्द छ ।
सोच है अब नहोस् फेरि कुर्सीको अवगाल
पुस्तौ देख्लान् पापको घैटो लोभीमन पखाल ।
कुपैसाको कुशिक्षाले कुबुद्धि कुधेरै होला
ए कुकर्मी कुमान्छे कुरूपले कुअन्त होला ।
०००
त्रियुगा नगरपालिका— ११, उदयपुर
Subscribe
Login
0 Comments
Oldest








































