साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जोते हुन्छ

बाँदर लड्ने भीरमा भैँसी मेला गर्ने मुक्तक दुइटी माथि अब तीनटी मात्रै थप्ने गजल जोते हुन्छ पहाड, मधेस, भित्रैसम्म जोते हुन्छ हली, गोरु, हलो जुवा चाहिन्न भाको भाका, भाको मिसन मजाले जोते हुन्छ सुन्दा सुन्दा वाक्कै भा’ छन हाम्रा कानका जरै नराखी जोते हुन्छ ।

Nepal Telecom ad

टङ्कबहादुर आले मगर :

आउनु होस् धेरै गोरु मिलेर गफ जोतौँ ।
गफ जोत्न कुनै खेतबारी चाहिँदैन ।
पानीको सिचाई पर्दैन
गफ जोत्न दुइ देखि धेरैले मिलेर जोत्न सकिन्छ ।

जोत्न धेरै ठूलो गर्हा खाँदी सउरा चाहिँदैन ।
च्यापसलको सानो टेबल,
गाउँको अगेनो, सिकुवा,
आँगन देखि चौतारो भए
धेरै गोरु मिलेर जोत्न सकिन्छ ।
अचेल गफ जोत्न हल चाहिँदैन ।
मञ्चमा, कुर्सीमा, आफ्नै कोठामा
मोबाइल अगाडि राखेर लाइवमा
मजाले जोत्न सकिन्छ गफ ।

आउनोस् जोतौँ कुरा जोतौँ गफ जोतौँ
गफ जोत्न हलो, फाली,
लगना हरिस् ठेडी चाहिँदैन
धाराप्रवाह गफ जोत्न पैसा पर्दैन
घामले पोल्दैन, घुम ओढ्न पर्दैन
गफै जोत्न कुनै याम पर्खिन पर्दैन
कुनै सरोन, औँसी पुर्णे बार्न पर्दैन
रोप्ने बिउ खसाउने आली ताछ्ने चाहिँदैन ।

गफ जोत्न
केहीदिन झोला बोके हुन्छ
सुनून् नसुनून्
हेरून् नहेरून्
गफ जोती रहेहुन्छ
यसपाली सकिएन ८४ को टोपी ओढे हुन्छ ।

गाउँका मन बुर्बुराउँदा छन्
छेउकुना खनिसकेका छन्
त्यहीँ लगेर अर्को
आश्वसनको हलो जोते हुन्छ
मान्नुको विकल्प छैन
आकाश खसाएर जोते हुन्छ
ताराको बिउ खसाएर समृद्धिको
हलो जोते हुन्छ ।

पुरा गर्नु पर्दैन
जति सक्दो थुतुनो जोते हुन्छ
हाब्रो च्यातेर गफ सकेसम्म जोते हुन्छ ।

फुरुक्क हुँने छँदै छौँ
दिउँसै रात पारेर जोते हुन्छ
कालोलाई सेतो देखाएर जोते हुन्छ
परिवर्तनका महासपना जोते हुन्छ
आखिर नफल्ने गफ
गावा नसर्ने कसम
धान नफल्ने खेतको हाँसो
चुस्ने दाउमा मुख र भुडी छैन भन्ने गीत
कुनियतका बँगरा जति भाँचेर
इमानलाई बुझाका कथा
गाउँलेका पीडा जति बोकेर मर्ने प्रतिज्ञा
केन्द्रमा महल छ, बाजेले बना झुपडी नछोड्ने
कविता
बाँदर लड्ने भीरमा भैँसी मेला गर्ने मुक्तक
दुइटी माथि अब तीनटी मात्रै थप्ने गजल
जोते हुन्छ
पहाड, मधेस, भित्रैसम्म जोते हुन्छ
हली, गोरु, हलो जुवा चाहिन्न
भाको भाका, भाको मिसन
मजाले जोते हुन्छ
सुन्दा सुन्दा वाक्कै भा’ छन
हाम्रा कानका जरै नराखी जोते हुन्छ ।
धन्यवाद मन नपरे जोते हुन्छ ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्को चेतनाको अवतरण

अर्को चेतनाको अवतरण

टङ्कबहादुर आले
तीन टुक्रा कविता

तीन टुक्रा कविता

टङ्कबहादुर आले
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
यस्तै छ

यस्तै छ

टङ्कबहादुर आले
हजुर बा

हजुर बा

टङ्कबहादुर आले
तीन ठाेक्तक

तीन ठाेक्तक

टङ्कबहादुर आले
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x