साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यी हातहरू

अचेल आफ्नै साथी चोर घरकै सदस्य चोर थुक्क बाँखुरो ! ए सरकार नियम चोरे केहो ? बाठो हात चोर भयो सहयोग गर्छु भन्ने हातले जताततै रुआयो सक्छस् भने सरकार स्याक्पा सुकाई दे यी हातहरूलाई फटाहा डुडाहरूलाई ।

Nepal Telecom ad

टङ्कबहादुर आले मगर

थुः थुः थुः थुक्क डुडा
त छस् र
आश गर्छन् हाब्रोहरू
ङिच्च आइपुग्छन्
चपरे दाँतहरू
तप्तप् र्‍याल उमार्छ लोभी जिब्रो
त्यसैले
सरकार सुकर्मको दिन ल्याएर
हत्कडी लगाउँ मेरा पापी हातहरूलाई ।

न छु भन्दा भन्दै छु यो
न छुने ठाउँहरूमा
नलेख भनेको
टेबुल मुनि बाट अर्को हातले के दियो
नभाकोलाई भाको
गोरेलाई काले, कालेलाई गोरे लेख्यो
नजित्नेले इतिहासमा जित्यो ।

यी डुडुला
सुकर्म छोडेर, कुकर्ममा रमाउने
विषालु जान्दाजान्दै, हर्षालु देख्ने
हीरा भनेर गौमन साँपको टाउको समात्ने
मरेकोलाई मर्‍या छैन भनेर लेख्ने
नमरेकोलाई श्रद्धाञ्जली पोख्ने
दगुरेर परजानेलाई लङ्गडो लेखिदिने
जुन आँखाहरू कामुक छन्
त्यसैलाई ब्रह्मचारी लेखिदिने ।
ए सरकार तिमीसँग
न्याय छ भने
पाता फर्काउ मेरा दोखी हातहरूलाई ।

कलम समात्न अल्छयाउने यी हात
कोदालो, हलो र नाम्लो नामले लुतो लाग्ने यी हात
तरको तलतलमा पापको ठेकोमा डुब्ने यी हात
चौथीको नाममा आफन्त कै बिगार गर्ने
जहाँ कानुनी र समाजिक बन्देज छ
त्यतै छुई हिँड्ने यी हात ।
गजल भनेर अगजल लेख्ने
माफिया बनेर काफिया बिगार्ने
शेरको नियम मिचेर शेर बन्ने
थुक्क डुँडो
भँडार खनेर आगन भर्ने
सुतेकी श्रीमतीको थैली चोर्ने
मीठो भेटे पाँच दिनलाई सोहर्ने
मौका पाए घरै फोर्ने
अब नछोड सरकार यी मेरा
डुँडाहरूलाई ।

गाउँमा हुँदा घाँस चोर्ने
छोराछोरी बाठो बनाउन खुर्सानी चोर्ने
परिक्षामा चिट चोर्ने
मान्छेलाई सपना देखाएर नियम बाटै चोर्ने
फायल बाटै चोर्ने
कति बाठो
अर्काको बैंक बाट वचत चोर्ने
चोर चिनिन्दैन थ्यो
अचेल आफ्नै साथी चोर
घरकै सदस्य चोर
थुक्क बाँखुरो !
ए सरकार नियम चोरे केहो ?
बाठो हात चोर भयो
सहयोग गर्छु भन्ने हातले जताततै रुआयो
सक्छस् भने सरकार
स्याक्पा सुकाई दे यी हातहरूलाई
फटाहा डुडाहरूलाई ।

०००
उदयपुर, गाइघाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अर्को चेतनाको अवतरण

अर्को चेतनाको अवतरण

टङ्कबहादुर आले
तीन टुक्रा कविता

तीन टुक्रा कविता

टङ्कबहादुर आले
जोते हुन्छ

जोते हुन्छ

टङ्कबहादुर आले
यस्तै छ

यस्तै छ

टङ्कबहादुर आले
हजुर बा

हजुर बा

टङ्कबहादुर आले
तीन ठाेक्तक

तीन ठाेक्तक

टङ्कबहादुर आले
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x