साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्को चेतनाको अवतरण

ठडिनु भन्दा धेरै ठडिँदै गएपछि मोटाउनु भन्दा धेरै मुरीभुस भएपछि चल्दै गरेको हावाले लयो भुलेपछि दिनहरूले तालिका छाडे पछि सम्झौँ छिट्टै अर्को चेतनाको अवतरण भइरहेछ ।

Nepal Telecom ad

टङ्कबहादुर आलेमगर :

जब
समय निरन्तताबाट चिप्लिन्छ
भरोसाका चुचुराहरू मकाउन थाल्छन्
देवता ठानेका खोलाहरूले
आफ्नै कोखा रेट्नु थाल्छन्
पीडाहरू उछिट्टेर जनमानससम्म पुग्छन्
कर्तव्यलाई लोभको चोटामा पुर्‍याउँछन्
जन्मेको माटोको ढेडो मस्काएर
आर्गेनिक भन्दै भ्रष्टचारको झोलसँग चोब्दै घिच्न थाल्छन्
नियतलाई कहिल्यै नभरिने आफ्नै घ्याम्पे भुँडी बनाउँछन्
जिम्मेवारीको चटनीसँग बेहोरा होस्रिरहन्छन्
इमानको फाँचो काटेर बिक्रिमा राख्छन् ।

ठडिनु भन्दा धेरै ठडिँदै गएपछि
मोटाउनु भन्दा धेरै मुरीभुस भएपछि
चल्दै गरेको हावाले लयो भुलेपछि
दिनहरूले तालिका छाडे पछि
सम्झौँ
छिट्टै
अर्को चेतनाको अवतरण भइरहेछ ।

०००
त्रियुगा नगरपालिका— ११, हिमालीटोल, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन टुक्रा कविता

तीन टुक्रा कविता

टङ्कबहादुर आले
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
जोते हुन्छ

जोते हुन्छ

टङ्कबहादुर आले
यस्तै छ

यस्तै छ

टङ्कबहादुर आले
हजुर बा

हजुर बा

टङ्कबहादुर आले
तीन ठाेक्तक

तीन ठाेक्तक

टङ्कबहादुर आले
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x