साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्मचारी

पैसाकै धाकमा पैसाले नै किन्दै किन्दै, माला लगाउँछ ठग्न पल्किएको माहीर ठग काँक्रा चोर्दै थाँक्रा भाँच्छ सैतान थुतुनो हल्लाउँदै बेइमानको खेती गर्दै अझै, खिल रोपिरोपी हिँडिरहन्छ ।

Nepal Telecom ad

भीम गौतम :

ऊ बुझपचाएको कर्मचारी
प्रतिष्ठाको पैतालाले टेक्न सक्दैन
स्वाधीनताको गाँस निल्न जान्दैन
इमान जमान भत्काउँदै
राष्ट्रिय सम्पत्ति दोहन गरेर
हसुर्नसम्म हसुर्छ कोचिकोची
गर्न पर्ने काम गर्दै गर्दैन
नगर्ने मात्र गर्छ
लुटतन्त्रको रजाईमा
गुटतन्त्र भिरेर खिच्नसम्म खिच्यो
लाद्रो पड्किने गरेर घिच्यो ।
चोर्ने बारीमा चर्न ऊ बल खोज्छ
दल फेर्दै बोली फेर्दछ
आफ्नै आँखालाई विश्वासै नगरी
चोर आँखा रोज्छ ।
कुहेरै हस्को बन्यो
नाकै फुट्ने गरेर गन्हायो
टारी बारी घुम्दै
पहाड हिमाल तराईसम्म
कुईगन्धले छोप्यो
ऊ बुझ पचाएको कर्मचारी न हो
निर्लज्ज नाङ्गो बन्यो
तर, अझै साधु बन्न खोज्छ ।
कपडा लगाएकै स्वाङ गरेर
आस्थाका देउताको आँखा चोरी गर्छ
एउटा मात्र हो भन्दै गनगन गर्छ
बेलाबखत झस्किँदै
मन्दिर मन्दिर धाएर
व्युत घस्छ घण्टी हल्लाए झैँ गर्छ ।
ऊसँग पैसा छ,
पैसाकै धाकमा पैसाले नै किन्दै किन्दै,
माला लगाउँछ
ठग्न पल्किएको माहीर ठग
काँक्रा चोर्दै थाँक्रा भाँच्छ
सैतान थुतुनो हल्लाउँदै
बेइमानको खेती गर्दै अझै,
खिल रोपिरोपी हिँडिरहन्छ
लुटतन्त्रको माहिर गुटतन्त्रको कर्मचारी
ऊ अरे, सामाजिक अभियन्ता ….।

०००
भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल्वाँठहरूले

ल्वाँठहरूले

भीम गाैतम
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
घैँटे शासक

घैँटे शासक

भीम गाैतम
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x