रमेश व्यङ्ग्यचरीफेरबदल
सम्झेर दुःख्छ छाती बज्र बनी आएर कोखातिर रुए झैं लाग्छ नेपाल आमा सूदुर पश्चिमतिर पारेर फ्याक बनाएर भेद एकै सन्तान आखिर सबैलाई हेर स्वयम्भूका नजर कू-दृष्टि फ्याकेर ।

रमेश व्यङ्ग्यचरी :
आँखा दुखेको छ तर सपना टुटेको छैन
रङ्ग भुलेको छ तर तरङ्ग भुलेको छैन
कर्तव्य नदेखेर भुल गर्न सक्ला
होसियार आँखा अझ जीवन रित्तिएको छैन
विरासत देख्छ तर हीनता देख्दैन
सुन्दरी देख्छ तर कुरूप देख्दैन
खवरदार आँखा यस्तो विभेद किन
अर्काको भुसुनो देख्छ आफ्नो डिँगो देख्दैन
त्यसैले,
मैलै नाक र आँखालाई फेरबदल गरेको छु
नाकलाई हेर्ने र आँखालाई सुँघ्ने जिम्मा दिएको छु
आँखामा कालो चस्मा लगाए पनि श्वास लिँदोरहेछ
नाकमा कालो माक्स लगाएपछि केही देख्दो रहेनछ
आवश्यकता अनुसार माक्स झिक्न र लगाउन थालेका छु
जीवन सहि गतिमा चलेको छ किन कि आखाँलाई कन्ट्रोल गरेको छु
आज समाज मलाई व्यङ्ग्य गर्छ “परिवर्तन पथ” भनेर
प्रतिगामीहरू रुष्ट छन् परिवर्तन पथ नरुचाएर
किन रुचाउँथे र यस पथमा फेरबदल हुनु पर्छ
आफ्नै अङ्गहरूमाथि कडा निगरानी राख्नु पर्छ
उनीहरू विरासत खोज्छन्
भ्रष्टचार रोज्छन्
बलत्कारी हुन रुचाउँछन्
लेनदेनमा भागबन्डा मिलाउँछन्
नदीनाला बेच्छन्, सीमाना सार्छन्
कू-जति सबै कर्तव्य ठान्छन्
सम्झेर दुःख्छ छाती बज्र बनी आएर कोखातिर
रुए झैं लाग्छ नेपाल आमा सूदुर पश्चिमतिर
पारेर फ्याक बनाएर भेद एकै सन्तान आखिर
सबैलाई हेर स्वयम्भूका नजर कू-दृष्टि फ्याँकेर ।
०००
कटारी न.पा.-६, उदयपुर
Subscribe
Login
0 Comments
Oldest






































