साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मानवदेखि मानवता

मर्नु न हो जिन्दगी तर आज हैन एकै छिन पर्ख भुलेर सारा पीडा भोगिएका कष्ट हैन दुःखलाई नष्ट गर्न फर्क ढुङ्गा झै साह्रा बीजहरू पनि हरेक बिहानीमा अङ्कुराउँछ पत्थर हैन तिम्रो हृदय हरेक बिहानीमा टुसा उमार्न तिमी फर्क ।

Nepal Telecom ad

रमेश व्यङ्ग्यचरी :

मर्नु न हो जिन्दगी तर आज हैन एकै छिन पर्ख
भुलेर सारा पीडा भोगिएका कष्ट हैन दुःखलाई नष्ट गर्न फर्क
ढुङ्गा झैँ साह्रा बीजहरू पनि हरेक बिहानीमा अङ्कुराउँछ
पत्थर हैन तिम्रो हृदय हरेक बिहानीमा टुसा उमार्न तिमी फर्क ।

त्यागेर जीवन के हुन्छ के पाउछौ सत्रु सारा हसाउँछौ
एकै छिन… रुवाएर प्रियजन के पाउछौ पापिष्ट तिमी कहलाउँछौ
भोलिको सूर्य तिम्रै हुन भोलिका अनमोल दिन तिम्रै
लामो आयुको विजयिता तिमी नै हौ सिकन्दर यति सम्झेर फर्क ।

शत्रुका पङ्ख कष्टका पङ्ख दूर पार गरेर आउँदछन्
विश्वास मान सम्भव ठान तिम्रा पनि पङ्ख पलाउँदछन्
एकै बिहानी काफी छ साह्रै सुन्दर छ धैर्य गरी तिमी बस
पलाएका पङ्खवेगले उज्यालो ज्योति भेट्ने साहस लिएर तिमी फर्क ।

यहाँ घायल कति छन् कति अशक्त कति छन् कति
दुःखी पनि कति छन् कति पिडित भई बाँचेका कति
आवेगको तिम्रो सुरले डोर्याउदै लादै छ आज कता कता
मृत्यु हैन जीवन मृत्युञ्जय बनेर कर्मका खातिर फर्क
मर्नु न हो जिन्दगी तर आज हैन एकै छिन पर्ख
भुलेर सारा पीडा भोगिएका कष्ट हैन दुःखलाई नष्ट गर्न फर्क
ढुङ्गा झैं साह्रा बीजहरू पनि हरेक बिहानीमा अङ्कुराउँछ
पत्थर हैन तिम्रो हृदय हरेक बिहानीमा टुसा उमार्न तिमी फर्क ।

०००
कटारी ६, उदयपुर ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Kamal shrestha
Kamal shrestha
2 years ago

Very nice best of luck

Nepal Telecom ad
गणतन्त्रका दुर्गन्ध

गणतन्त्रका दुर्गन्ध

रमेश व्यङ्ग्यचरी
शिक्षक/अभिभावक र राज्य

शिक्षक/अभिभावक र राज्य

रमेश व्यङ्ग्यचरी
फेरबदल

फेरबदल

रमेश व्यङ्ग्यचरी
कु-विचार फल्छ केका लागि ?

कु-विचार फल्छ केका लागि...

रमेश व्यङ्ग्यचरी
प्रतिविम्ब

प्रतिविम्ब

रमेश व्यङ्ग्यचरी
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
1
0
Would love your thoughts, please comment.x
()
x