साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिल्ला नेता फुस्रो देश

देशमा गणतन्त्र आएको केही वर्षमा नै देशलाई युरोप जस्तो बनाउँछौँ भन्ने नेताहरू त आफै पो युरोपियन मापदण्डमा पुगेछन् । सुकिला मुकिला चटक्क परेका अनुहार पनि दैनिक फेसियल गरेको जस्ता वा यो हो नि विकासको असली परिचायक ।

Nepal Telecom ad

अशोककुमार सिवा :

विकासको पुर्वाधार बाटोघाटो, पैनी पुल-पुलेसा, बत्तीबिजुली, यातायात र राम्रो बजार व्यवस्था हुन । यी पुर्वाधारहरू नेपालको सन्दर्भमा के कस्ता अवस्थामा छन् भन्ने कुरा दैनिक भोगाइका अनुभवले स्तर निर्धारण गरिरहेकै हुनुपर्छ । केही महानगरले पुर्वाधार विकासमा चासो दिएर विकासे कामहरू गरिरहेको भएता पनि भाइरस लाग्ने क्रम जारी छ । भाइरसले कहिले सडकको बार काटेको त कहिले बनाएको संरचना भत्काएको समाचारहरू सुनिन्छन् ।

महानगरभित्रैका कतिपय सडकहरूले विकासे बोर्डहरूलाई जिस्काई रहेका पनि छन् । बाटोमा परेका खाल्डाखुल्डी र खाल्डोमा जमेको पानीले सडक यति चिल्लोचाप्लो देखिन्छ कि त्यो सडकमा कसैले सवारी साधन नगुडाए हुने । सवारी साधनको निरन्तर आवतजावतले जमेको पानी छछल्काएर सुक्ने सुकाउने गर्नाले धुलोको सत्ता पकड भइरहेको छ ।

अलिकति वर्षा हुँदा पनि जलमग्न हुने सडकले गर्दा शहरवासी जनतालाई पानीको कमी हुन दिएको भने छैन । संस्थागत खानेपानी १५ दिनमा एकपल्ट आउँदा पानी लिन हारालुछ गरेको देखेर हुनुपर्छ इन्द्र भगवान कृपालु भएका, जताहेर्‍यो पानी पानी । पानीको स्वास्थ्यको लागी प्रकृतिले यति धेरै रखवारी गरेको छ कुरा नगरौँ बाटोमै पानी उम्लिने गरी घाम लागिदिने समेत गरेको छ । मेलम्ची वर्षाैँ लगाएर काठमाडौं झारेको पानी बढी भएर सरह डुब्ने डरले प्रकृति स्वयंले व्यवस्थापन गरिदिएकी छन् । त्यसैले वर्षायाममा पनि मेलम्चीको पानी काठमाडौं आउन दिएको छैन र त्यसको बदलामा आकाशबाट वर्षाद अरुबेलाको भन्दा बढी नै भइरहेको छ ।

यातायातको व्यवस्था उस्तै गज्जवको छ । सामान सर्वसुलभ प्राप्ती हुदा उपभोक्ता दङ्ग छन् । बजारमा मुल्य नियन्त्रण गर्नुपर्ने अवस्था छैन । अनलाइनले नै मुल्य नियन्त्रण गरेका छन् । टक्क टक्क मुल्य लेखिदिएर सोही मुल्यमा घरका ढोका ढोकामा सामान पुर्‍याएर पैसा कुम्ल्याएका छन् । जताततै विचौलियाले सरकारलाई सघाएका छन् । विचौलियाले नै सबै व्यवस्थापन गरिदिएको कारण सम्बन्धित निकाय आनन्दानुभूतिमा छ ।

देशको जनताको लागि भनेर गठन भएका भनिएका दलहरू र तिनका नेताहरू खासमा कस्का लागि हुन् भनेर अहिलेसम्म यहाँ करिब स्पष्टै भएको छ । दल होस वा दलिय नेता आफु अलिकति शक्तिमा आयो कि आफ्नो आफन्त र स्वयंसेवक हुनाले विकासमा चौतर्फी तीव्रता भएको भेटिन्छ । कति बेला आफ्नो पालो आउला र फलानोलाई चिप्ल्याएर आफ्नो फिट गरौमा पर्खेर बसेका नेताहरू र नेताका आउरेभाउरेहरू को चुरीफुरी हेर्न लायक देखिन्छ ।

मैले टेलिभिजन नहेरेको धेरै भएछ । लौ आज समाचार हेर्छु भनेक टिभी खोलेको त मेरिबास्सै नेता त कति चिल्ला… ! देशमा गणतन्त्र आएको केही वर्षमा नै देशलाई युरोप जस्तो बनाउँछौँ भन्ने नेताहरू त आफै पो युरोपियन मापदण्डमा पुगेछन् । सुकिला मुकिला चटक्क परेका अनुहार पनि दैनिक फेसियल गरेको जस्ता वा यो हो नि विकासको असली परिचायक । एकछिन त मेरो टिभीको असली क्वालिटीले गर्दा चिल्ला देखिएका होलान भनेर म जिल्ल परेर हेर्दै थिएँ । समाचारले झस्कायो देश त फुस्रै रहेछ नेता मात्रै पो चिल्ला रहेछ । दय होस चिल्ला नेताको ।

०००
गल्कोपाखा, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x