साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाटो

तिमी ठूलो पत्थर हौ धन्न मेरो शिर ठोक्किएन र बच्यो मेरो शिर म तिमीलाई टोपी बनाउन चाहन्थेँ तिमी  पत्थरै पत्थर रहेछौ धन्न ठेस लागेर लडिनँ र बच्यो मेरो छाती

Nepal Telecom ad
सुरेश राई  :
कुनै दिन भयंकर पिएको बेला
आधा होस् गुमाएर
आधा होस् सम्हालेर
ढुल्मुल ढुल्मुल
पश्चतापको बाटो
तिम्रो दैलोसामु आइपुग्ने मन छ
र छिमेकीले छ्याङ्गै सुन्नेगरी
तिमीलाई केही बताउने मन छ
तिमी ठूलो पत्थर हौ
धन्न मेरो शिर ठोक्किएन
र बच्यो मेरो शिर
म तिमीलाई टोपी बनाउन चाहन्थेँ
तिमी  पत्थरै पत्थर रहेछौ
धन्न ठेस लागेर लडिनँ
र बच्यो मेरो छाती
म तिमीलाई मुटु बनाउन चाहन्थेँ
साँच्चै भन्ने हो भने….
तिमी मूर्ति बन्न नि लायक रहिनछौ
म तिमीलाई ईश्वर बनाउन चाहन्थेँ
मेरो घरको तीन चुल्होको
गौरव  बनाउन चाहन्थेँ
यत्ति  भनि राखेर
ढुल्मुल ढुल्मुल
सन्तुष्टिको बाटो
आफ्नै घरतिर फर्कने मन छ
र भोलिदेखि  फेरि खोज्ने मन छ
माया भएको मान्छे
मेरो प्रेम बुझ्ने मान्छे
र हिंड्न मन छ फेरि यौटा
नयाँ बाटो ।
०००
सम्झनाको फोटोकपी (२०८१)
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x