रमेश व्यङ्ग्यचरीप्रतिविम्ब
मानिस, मानिस भएर बाँच्न पर्छ बाँदर हैन देश, देश भएर बाँच्नु पर्छ बालुवाको घर हैन संसारकै सुखी, शान्त मण्डव बनोस् बाँनररुपि तान्डव नबनोस् ।

रमेश व्यङ्ग्यचरी :
देशलाई बालुवाको घर सम्झेर
आफ्नो स्वार्थको गुठ बनाएर
कहिले बनाउने बाहानाको गुठ
कहिले बिगार्ने बाहानाको गुठ
गुठै गुठका बाँदरहरुले बालुवा पनि नष्ट पारे
बाँदरले नै बाँदरको गुठ मन नपराउने
दृष्यले छक्क पारे
पहिल्यै खाई पल्केका तीन खेमाका
बाँदरहरुको चर्तिकला देख्छु
तेस्रो खेमाको बाँदर,
दोस्रो खेमामा पुगेको देख्छु
म पस्कन पस्कन सुरु गर्छु खान भनेर
दोस्रोलाई, तेस्रोले भाग नमिलाएको शंका गर्छ
के गरेको भन्दा, छोरी, बुहारी, नातिनीको भाग यो
बोकेर हिँड्यो भाँडै तेस्रो,पहिलो खेमामा
बाँकी भाग लगाएपछि सकियो खाना जहाँ
मन सकियो मेल सकियो खाना सकिँदै थियो
आयो तेस्रो,फेरि दोस्रोमा नै बाँकी खाना जे थियो
एउटा बाँदर भन्दै थियो….
म अरु जस्तो बाँदर हैन
म अरु जस्तो हुने छैन
म दुधले नुहाएको हुँ
म शुद्ध मानिस जस्तै छु
…. यताउता गएर
मानिसको हुलमा आएर
विश्वास गर्नुस्, पर्दैन अरुको भर पर्न
रात बित्न नपाउदै गए छ
बालुवाको गृह डिजान गर्न
मनिसले मानिसको ठाउँमा बस्नु पर्छ
बाँदरले बाँदरकै ठाउँमा बस्नु पर्छ
बाँदरले मानिसको ठाउँ ओगट्न सक्दैन
बाँदर बाँदर हुनु पर्छ मानिस मानिस हुनुपर्छ
मानिस बाँदर हुन सक्छ
तर बाँदर मानिस हुन सक्दैन
बाँदरकै मन्त्री, बाँदरकै प्रधान मन्त्री,
बाँदरकै राष्ट्रपति अरे
एक छिनको मित्रता, एकै छिनमा सत्रुता
लुछाचुँडी भरे
मानिसको मन्त्री, मानिसको प्रधानमन्त्री
मानिसकै राष्ट्रपति भयो भने
सबै ठाउँको प्रगति, सबैको उन्नति,
यस्तो देश कुन कुन भयो गने
यसरी नै सधैं बाँदर राज्य भयो भने
मानिसको राज्य खराब भयो भने
…….म ठान्दछु
बाँदर चेप्ने मेसिनको जरुरत छ
बाँदर थुन्ने गोठको जरुरत छ
मानिस, मानिस भएर बाँच्न पर्छ बाँदर हैन
देश, देश भएर बाँच्नु पर्छ बालुवाको घर हैन
संसारकै सुखी, शान्त मण्डव बनोस्
बाँनररुपि तान्डव नबनोस् ।
०००
कटारी न.पा. – ६, रिस्कु, उदयपुर
२०८०/११/२५
Subscribe
Login
0 Comments
Oldest






































