साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आठौँ पटकको मातृभाषा साहित्य श्रृङ्खला सम्पन्न !

यसपटकको मातृभाषा साहित्य श्रृङ्खला-८ ओैँमा चाम्लिङ राईभाषाका अध्येता तिलक चाम्लिङले 'चाम्लिङ भाषाको साहित्य' विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।

Nepal Telecom ad

काठमाडौँ, २०८० फागुन २९ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृ‌भाषा) विभागले मासिक रूपमा आयोजना गर्दै आएको मातृ‌भाषा साहित्य शृङ्खलाको नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले ब्यानर पाठ गरेर उद्घाटन गर्नुभएको थियोे।

सदस्य सचिव सुवेदीले चाम्लिङ भाषाको कार्यक्रम हुँदा आफ्नै जस्तो लाग्ने गरेको बताउनु हुँदै प्रत्येक भाषाको महत्त्व समान रहेको बताउनुभएको थियोे । उहाँले चाम्लिङ भाषाका अध्येता तिलक चाम्लिङद्वारा लिखित कार्यपत्र ‘चाम्लिङ भाषाको साहित्य’ निक्कै पठनीय र स्तरीय रहेको बताउनु भएको थियोे ।

कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (अनुवाद) विभाग प्रमुख हंसावती कुर्मीले स्वागत मन्तव्यका क्रममा कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै प्रज्ञा-प्रतिष्ठान प्रत्येक मातृभाषाको उत्थान र प्रवर्द्धन गर्न लागि परेको बताउनु हुँदै मातृभाषाविना बाँच्न र जिउन कठिन हुने बताउनुभएको थियो ।

कार्यक्रमका सभाध्यक्ष ,प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले मातृभाषा भनेको आफ्नै आमाको भाषा भएकाले हामीआफैँ जागृत हुनुपर्ने बताउनुभएको थियो । उहाँले आफू बान्तवाभाषी भए पनि चाम्लिङ भाषा आफ्नो मातृभाषा सरह रहेको बताउँदै आगामी मातृभाषा शृङ्खला- नौँमा वाम्बुले राईभाषा साहित्यका विषयमा कार्यपत्र प्रस्तुत हुने बताउनुभएको थियो । प्रत्येक शृङ्खलामा फरकफरक मातृभाषाबाट तीनवटा कविता वाचन गर्ने गरिएको छ ।

यसपटकको मातृभाषा साहित्य श्रृङ्खला-८ ओैँमा चाम्लिङ राईभाषाका अध्येता तिलक चाम्लिङले ‘चाम्लिङ भाषाको साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।

प्रस्तुत कार्यपत्रमा चाम्लिङ मातृभाषाको स्थिति, काल विभाजन, पाठयपुस्तक प्रकाशन, पत्रपत्रिका प्रकाशन, सोसल मिडियाको प्रभाव र चाम्लिङ साहित्य कृतिलगायतका बारेमा चर्चा गरिएको थियो ।

कार्यपत्रमाथि सहभागीका तर्फबाट बयानसिंह राई,सोमबहादुर धिमाल र मानबहादुर राईले पुरक विचार राख्नुभएको थियोे ।

कार्यक्रममा मैथिली भाषामा विजेता चौधरी, बायुङ राई भाषामा वसन्त बायुङ राई, दुमी राई भाषामा प्रयास दुमी राईले कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियोे ।

०००
– प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x