साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साथी

नाताको स्यानो कोठामा खुम्चिन मान्दै मान्दैनन्म लाई बूढो बा भनी गन्दै गन्दैनन् उनीहरू त मलाई अनुभवको सम्राट भन्छन् नातामा अभिन्न मित्र ठान्छन् प्रेरणाको अपूर्व पुञ्ज मान्छन् ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

उमेर ढल्केको देखौला
तर म ढल्केको छैन
पाकेर फ्यात केस
र, अनुहारमा सयपत्र मुजा होलान्
तर म अनुभवले खारिएको छु
मुजा मेरो त्यही प्रमाणपत्र हो,
तसर्थ म बूढो हैन,
मैले रोगको घर बनाएको छैन,
म अज्ञानको शत्रु हुँ
आलस्य मलाई सह्य छैन
अकर्मण्यता मेरो हुँदै हैन
मलाई अभाव केहीको छँदै छैन ।

म साथी हुँ,
आउँदो जूनको
उदाउँदो घामको
म परम शत्रु हुँ,
कालो रातको, अनिकाले साथको
नभएर ढल्कने अनिकाले ढिकीको ।

त्यसैले त,
श्रीमती मेरी श्रीमतीजस्ती छैन बुहारी
मेरी बुहारी हुँदै होइन
छोरा र नाति अनि छोरी र नातिनीहरू
नाताको स्यानो कोठामा खुम्चिन मान्दै मान्दैनन्
मलाई बूढो बा भनी गन्दै गन्दैनन् उनीहरू त मलाई
अनुभवको सम्राट भन्छन्
नातामा अभिन्न मित्र ठान्छन्
प्रेरणाको अपूर्व पुञ्ज मान्छन् ।

०००
२०८०-११-२६
(मधेश प्रदेशस्तरीय बुढ्यौली साहित्य समाजको चन्द्रनिगाहपुरको कार्यक्रममा प्रस्तुत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
0
Would love your thoughts, please comment.x
()
x