रमेश व्यङ्ग्यचरीगणतन्त्रका दुर्गन्ध
देशका सपूत मरेर गए इतिहास लेखाएर वीरका सन्तान जिउँदै मरे लाजसरम पचाएर । वंशको विम्ब वंशले मास्नु आज स्वतन्त्र भएछ बल्ल पो थाहा भो विरेन्द्र मर्दा स्वतन्त्र गएछ ।

रमेश व्यङ्ग्यचरी :
“राजा विरेन्द्र मारिनु नै स्वतन्त्र गुमाउनु रहेछ
गणतन्त्रले स्वतन्त्र नभएर स्वाहातन्त्र ल्या रहेछ”
नेता भन्नु मात्र पर्यो विषका थैला आ-आफ्नो
साना नेता ठुला नेता भागबण्डा ठुलो सानो ।
वर्गीय नेता छलिय नेता दलिय नेता नेतै नेता
देश रहे, नरहे पनि यिनलाई के कसको ध्यान तेता ।
कसले कति खाए ! भए जति खाए मिलिजुली खाए
नपुगेर ऋृण ल्यए देशको काट्टो ओल्टाइ पल्टाई खाए ।
अब केही नरहे पछि नेता नेता भाग हेराहेर गरे
यता मिल्ने उता मिल्ने पद फेरा फेर गरे ।
स्वतन्त्रताको देशमा मानवतालाई सलामी दिएर
कठै ! चोरले चोरलाई कोच्छ न्यायाधीश बनेर ।
माउ बेगरको चल्ला अक्क न बक्क नेपाली जनता
ऋणको भारी, न थेग्न सक्छ न बोक्न सक्छ भसियो कुर्कुच्चा ।
बैरिलाई साथ दिई आफ्नालाई झुन्ड्याई कृति पो रचायो
देशैलाई सक्ने विचार कस्तो !संसारलाई हँसायो ।
नेपाली टोपी लाउँदैनथ्यो ऊ विदेशी भा रैछ
नेपालमा जन्म लिएको मात्र उतैकी माँ रैछ ।
देशका सपूत मरेर गए इतिहास लेखाएर
वीरका सन्तान जिउँदै मरे लाजसरम पचाएर ।
वंशको विम्ब वंशले मास्नु आज स्वतन्त्र भएछ
बल्ल पो थाहा भो विरेन्द्र मर्दा स्वतन्त्र गएछ ।
बाच्दाको जन्त न मर्दाको मलामी जनतालाई भएको छ
नेताको गन्ध जनतामा दुर्गन्ध वेगसँग गएको छ ।
०००
कटारी, उदयपुर ।
Subscribe
Login
0 Comments
Oldest






































