साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्रका दुर्गन्ध

देशका सपूत मरेर गए इतिहास लेखाएर वीरका सन्तान जिउँदै मरे लाजसरम पचाएर । वंशको विम्ब वंशले मास्नु आज स्वतन्त्र भएछ बल्ल पो थाहा भो विरेन्द्र मर्दा स्वतन्त्र गएछ ।

Nepal Telecom ad

रमेश व्यङ्ग्यचरी :

“राजा विरेन्द्र मारिनु नै स्वतन्त्र गुमाउनु रहेछ
गणतन्त्रले स्वतन्त्र नभएर स्वाहातन्त्र ल्या रहेछ”

नेता भन्नु मात्र पर्‍यो विषका थैला आ-आफ्नो
साना नेता ठुला नेता भागबण्डा ठुलो सानो ।

वर्गीय नेता छलिय नेता दलिय नेता नेतै नेता
देश रहे, नरहे पनि यिनलाई के कसको ध्यान तेता ।

कसले कति खाए ! भए जति खाए मिलिजुली खाए
नपुगेर ऋृण ल्यए देशको काट्टो ओल्टाइ पल्टाई खाए ।

अब केही नरहे पछि नेता नेता भाग हेराहेर गरे
यता मिल्ने उता मिल्ने पद फेरा फेर गरे ।

स्वतन्त्रताको देशमा मानवतालाई सलामी दिएर
कठै ! चोरले चोरलाई कोच्छ न्यायाधीश बनेर ।

माउ बेगरको चल्ला अक्क न बक्क नेपाली जनता
ऋणको भारी, न थेग्न सक्छ न बोक्न सक्छ भसियो कुर्कुच्चा ।

बैरिलाई साथ दिई आफ्नालाई झुन्ड्याई कृति पो रचायो
देशैलाई सक्ने विचार कस्तो !संसारलाई हँसायो ।

नेपाली टोपी लाउँदैनथ्यो ऊ विदेशी भा रैछ
नेपालमा जन्म लिएको मात्र उतैकी माँ रैछ ।

देशका सपूत मरेर गए इतिहास लेखाएर
वीरका सन्तान जिउँदै मरे लाजसरम पचाएर ।

वंशको विम्ब वंशले मास्नु आज स्वतन्त्र भएछ
बल्ल पो थाहा भो विरेन्द्र मर्दा स्वतन्त्र गएछ ।

बाच्दाको जन्त न मर्दाको मलामी जनतालाई भएको छ
नेताको गन्ध जनतामा दुर्गन्ध वेगसँग गएको छ ।

०००
कटारी, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मानवदेखि मानवता

मानवदेखि मानवता

रमेश व्यङ्ग्यचरी
शिक्षक/अभिभावक र राज्य

शिक्षक/अभिभावक र राज्य

रमेश व्यङ्ग्यचरी
फेरबदल

फेरबदल

रमेश व्यङ्ग्यचरी
कु-विचार फल्छ केका लागि ?

कु-विचार फल्छ केका लागि...

रमेश व्यङ्ग्यचरी
प्रतिविम्ब

प्रतिविम्ब

रमेश व्यङ्ग्यचरी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x