साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शिक्षक/अभिभावक र राज्य

उनै अज्ञानीहरूलाई ज्ञान दिलाउँदा उनै अशिक्षितलाई शिक्षित तुल्याउँदा उनैका गुरु दक्षिणा, तिरस्कृत हामी हौँ ‘शिक्षक’ निर्दोष,निष्पाप दण्डित हामी हौँ ‘शिक्षक’ ।

Nepal Telecom ad

रमेश व्यङ्ग्यचरी :

शिक्षक

आफू दुई छाक खाएर अरुलाई सन्तुष्ट पारिदिने
कल्पवृक्ष हुन शिक्षक
कैयौँ तिरस्कार वचन खाएर शिक्षित फल तुल्याइदिने
अकाट्य वृक्ष हुन शिक्षक
गोबर गणेशलाई श्री गणेश पूजनिय बनाइ दिने
सत्तिसाल हुन शिक्षक
देश र समाज अनिष्ट तिर लाग्दा,शक्ति र उर्जा थमाइदिने
सहकाल हुन शिक्षक

अभिभावक र राज्य

उनीहरूले नै पुलपुल्याएर छोराछोरी बिगारे
शिक्षा नितिमा बालअधिकार ल्याएर घुसाए
गुरुका वचनहरूलाई खोलामा बगाए
नैतिक शिक्षालाई सती बनाए
शिक्षा नीति कमजोर भएर नै देश बिरामी छ
केही सुधार गर्न खोज्यो कि सामुमा हरामी छ
राज्य र समाजले जहिले पनि

नतिजामा आएर निहुँ किन खोज्छ
विदेशी बहकाउ शिक्षा नितिमा ऊ आफै बिक्छ
के राज्यलाई नचाहिने जनशक्ति उत्पादन नभएकै हुन त ?
निस्किएका डिग्री होल्डरहरू तोकिएको मापदण्ड बेगरका हुन त ?
त्यसो हो भने जागिर त के जागिरको ग्यारेन्टी किन दिन सकेनन् ?
डिग्री सकेको वर्ष त के पाँच वर्षमा पनि

राज्यले भरोसा किन दिन सकेनन् ?
राज्यमा मन्त्री बने प्रधानमन्त्री बने सक्षम हुँ भने
सचिव, उपसचिव बने कुलपति बने शिक्षित हुँ भने
ती गोबर गनेशलाई शिक्षित तुल्याउने तिनै शिक्षक होइनन्
अक्षर चिनाउने र सुधार्ने तिनै शिक्षक होइनन्
मन्त्री बनेको पाँच बर्षमा महल बनाउन सक्ने ऊ शिक्षित
जीवनभरको कमाइले टहरो पनि बनाउन नसक्ने हामी शिक्षक
छिमेकीको घरबाट बास्मती र मसलादार बास्ना आउँदा
आफू जेनतेन वर्षौसम्म दालभातमा हात लगाउँदा
त्यही पनि,
राजिनामा दिए हुन्छ घरमै बसे हुन्छ
धेरै तलव चाहिएमा विदेश पसे हुन्छ
बहुलाहरूको हुलमा एक सज्जन कराए जस्तो
कुहिरो भित्रभित्रै काग हराए जस्तो
यति हुँदाहुँदै पनि कतै नहडबडाइकन अध्यापन गरिरहँदा
राज्यको उच्च ओहदामा बसेर देख्नेहरू,
अचम्म देख्छन् आश्चर्य मान्छन, ताज्जुब ठान्छन्
उनै अज्ञानीहरूलाई ज्ञान दिलाउँदा
उनै अशिक्षितलाई शिक्षित तुल्याउँदा
उनैका गुरु दक्षिणा, तिरस्कृत हामी हौँ ‘शिक्षक’
निर्दोष, निष्पाप दण्डित हामी हौँ ‘शिक्षक’

“अज्ञानतामा ज्ञान हराउँदैन, अज्ञानी बन्दा ज्ञान हराउछ ।”

०००
कटारी न.पा.-६, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणतन्त्रका दुर्गन्ध

गणतन्त्रका दुर्गन्ध

रमेश व्यङ्ग्यचरी
मानवदेखि मानवता

मानवदेखि मानवता

रमेश व्यङ्ग्यचरी
फेरबदल

फेरबदल

रमेश व्यङ्ग्यचरी
कु-विचार फल्छ केका लागि ?

कु-विचार फल्छ केका लागि...

रमेश व्यङ्ग्यचरी
प्रतिविम्ब

प्रतिविम्ब

रमेश व्यङ्ग्यचरी
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x