साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ब्रोइलर

स्विच थिच्न मात्र के लागेको थिएँ, भित्रबाट उनको आवाज आयो- “छोरा त्यो व्यायाम चक्की चाहिँ तुरुन्त पठाइदिहाल है । हप्तादिन भइसक्यो ओछ्यानबाट उठ्नै नसकेको ।”

Nepal Telecom ad

मनीषकुमार शर्मा ‘समित’ :

हप्तादिनदेखि सनतकुमार देखा परेका थिएनन् । सधैँ बिहानीको दैनिक व्यायाममा सार्वजनिक उद्यानमा भेट हुन्थ्यो उनीसँग ।

उमेरले छ दशक नाघेका उनमा किशोर अवस्था झैँ फुर्ती थियो । अझ भन्ने हो भने कुद्न, उफ्रिन हत्तपत्त कसैले पनि भ्याउँदैनथे ।

“हैन के साह्रो ब्रोइलर जस्तो भएका हँ यी ठेट्नाहरू ? दुई पाइला हिँड्न पाएको छैन स्याँस्याँ फ्याँफ्याँ गर्छन् ।” उद्यानमा आएका युवा-युवतीप्रति कटाक्ष हुन्थ्यो उनको ।

सधैँ व्यायामपछि मसँग गफ्फिने सनतकुमारको अनुपस्थितिले खल्लो बनायो । के भयो होला ? बाहिर कतै जानुपरे पनि जनाउ दिन्थे । कतै बिरामी त परेनन् ? मनमा खुलदुली मच्चियो । हालचाल बुझ्न उनको घरतिर लागेँ ।

उनको घर पुगेर बन्द ढोकाको घण्टी बजाउन स्विच थिच्न मात्र के लागेको थिएँ, भित्रबाट उनको आवाज आयो-

“छोरा त्यो व्यायाम चक्की चाहिँ तुरुन्त पठाइदिहाल है । हप्तादिन भइसक्यो ओछ्यानबाट उठ्नै नसकेको ।”

०००
मध्यपुर ठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
उधारो कात्रो

उधारो कात्रो

मनीषकुमार शर्मा ‘समित’
अपूर्व झोली

अपूर्व झोली

मनीषकुमार शर्मा ‘समित’
अनुत्तरित प्रश्न

अनुत्तरित प्रश्न

मनीषकुमार शर्मा ‘समित’
सन्तृप्त

सन्तृप्त

मनीषकुमार शर्मा ‘समित’
शून्यक

शून्यक

मनीषकुमार शर्मा ‘समित’
दुर्गधो

दुर्गधो

मनीषकुमार शर्मा ‘समित’
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x