बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

चाहिन्न

आनन्द भो तेरो मुहार हेर्नै परेन चाहिन्न तँ, एक दुई तीन चार चाहिन्न ।

Nepal Telecom Spring Offer

आनन्द श्रेष्ठ

एउटै मौक़ा दिनू, बारम्बार चाहिन्न
छप्काउनलाई खुकुरीमा धार चाहिन्न

भाइ भनेर नफकाऊनू दाइ बनेर ए !
ज़मीन दिन्न बरू तेरो प्यार चाहिन्न

हरियै छन् पहाड मेरा दाउरा बाल्नलाई
लैजा तेरो ग्यॉस तेल उपहार चाहिन्न

बॉचेका छौं आफ्नै पौरख आफ्नै गौरवले
भो भो तेरो नक्कली संसार चाहिन्न

तोरीको फूल देखाएर फकाउँदैछस् तँ
तेरो सुख्खा माहुरीको घार चाहिन्न

मेरो ज़मीन सम्पत्ति हो मेरो पूर्खाको
पूर्खाको यो सम्पत्तिलाई बजार चाहिन्न

आनन्द भो तेरो मुहार हेर्नै परेन
चाहिन्न तँ, एक दुई तीन चार चाहिन्न ।

०००

फित्काैलीको सूचना
Nepal Telecom Spring Offer
पछार्नेहरू छन्

पछार्नेहरू छन्

आनन्द श्रेष्ठ
महाराज पो फरक ताज उही छ

महाराज पो फरक ताज...

आनन्द श्रेष्ठ
होलीका तीन गाेली

होलीका तीन गाेली

आनन्द श्रेष्ठ
कुलङ्घार ! 

कुलङ्घार ! 

आनन्द श्रेष्ठ
ठोक्तहरूको बथान

ठोक्तहरूको बथान

आनन्द श्रेष्ठ
लजायो लाज पनि

लजायो लाज पनि

पदम भण्डारी
अचम्म !

अचम्म !

हाेमनाथ घिमिरे
हैन साली पनि

हैन साली पनि

चिरञ्जीवी दाहाल