सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

महाराज ! ऑखा खोलीबक्स्योस् !

Nepal Telecom ad

 

चीर निन्द्रामा होईबक्सन्छ कि
गहिरो निन्द्रा मात्र हो महाराज !
हामी धेरै दिनदेखि
हजुरको निन्द्राभंग गराउनका खातिर
लालायित हुँदै ढुकीरहेका छौं,
सपना धेरै देखीबक्सियो महाराज !
ऑखा खोलीबक्स्योस्,

श्री ३ हरूको रैती हामी
श्री ३ पछि श्री ४ नभई श्री ५

श्री ६ नभई फेरि डा.४ भएर
शासक परिवर्तन भए पनि
नेपाली नागरिकता काखी च्यापेर
रैतीबाट जनता बनेको धेरै भयो
अब हामीलाई जनताबाट
नागरिक बन्नु छ महाराज !
ऑखा खोलीबक्स्योस्,

देश ट्रली बस जस्तै भएको छ महाराज !
बिग्रीएको ट्रली बसभित्र जो छिऱ्यो
केही न केही सामान निकालेर लगेकैछन्
कसैले बनाएनन्,

समृद्धिको बाटोमा हिडेकाहरूले
हेलमेट लगाउँदै र सावेल बोकेर
भुसुक्कै मकैबारी मासेका छन् महाराज
ऑखा खोलीबक्स्योस्,

टपरे, धुपौरे, स्याहारे, सुसारेहरूले
हजुरलाई निन्द्राबाट ब्युँझनै नसक्ने बनाएकाछन्
ससुराली जाने बाटो समेत
झण्डै बन्दै गराईदिएका थिए
मार्सी भातेहरूले,

चौडा शरीरमा
तेत्तिस किलो सुनको गरगहनामा
सुसज्जित भएर
नक्कली लालपूर्जा समेत बोकेर
बालुवाटार छिर्न खोज्ने धनाढ़्य सुकुम्बासीहरू
ढोका जति सानो होस् न महाराज !
लुतुलुतु छिरेको छिरेकैछन्
हजुर ऑखा खोलेरै गहिरो निन्द्रामा होईबक्सन्छ
एक कट्ठेले हजुरको
हजार बिघा जमीन खान लागीसके
धेरै सुकुला नगरी बक्स्योस् महाराज !
ऑखा खोलीबक्स्योस्,

हर गाउँमा आजकल
पिर्काको अभाव भएको छ महाराज !
थोरै पिर्का छिमेकबाट मगाउनु पर्नेछ
आमालाई खुलेआम रण्डी भन्नेहरू
फिस्टे छातीको रौं देखाएर
पिर्का बोक्न तयार छन् महाराज !
ऑखा खोलीबक्स्योस्,

 height=ऑखा खोलीबक्स्योस् महाराज !
या त सबै पिर्के महाराजहरूको बिदाइ गरिबक्स्योस्
या आफै बिदा होईबक्स्योस् महाराज {{read_more}}
ऑखा खोलीबक्स्योस्
श्री ५ को पुनरागमन अगावै
हामीलाई जनताबाट नागरिक बन्नुछ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कुकुरको पुच्छर

कुकुरको पुच्छर

आनन्द श्रेष्ठ
चाहिन्न

चाहिन्न

आनन्द श्रेष्ठ
पछार्नेहरू छन्

पछार्नेहरू छन्

आनन्द श्रेष्ठ
महाराज पो फरक ताज उही छ

महाराज पो फरक ताज...

आनन्द श्रेष्ठ
होलीका तीन गाेली

होलीका तीन गाेली

आनन्द श्रेष्ठ
कुलङ्घार ! 

कुलङ्घार ! 

आनन्द श्रेष्ठ
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला