साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाराज ! ऑखा खोलीबक्स्योस् !

Nepal Telecom ad

 

चीर निन्द्रामा होईबक्सन्छ कि
गहिरो निन्द्रा मात्र हो महाराज !
हामी धेरै दिनदेखि
हजुरको निन्द्राभंग गराउनका खातिर
लालायित हुँदै ढुकीरहेका छौं,
सपना धेरै देखीबक्सियो महाराज !
ऑखा खोलीबक्स्योस्,

श्री ३ हरूको रैती हामी
श्री ३ पछि श्री ४ नभई श्री ५

श्री ६ नभई फेरि डा.४ भएर
शासक परिवर्तन भए पनि
नेपाली नागरिकता काखी च्यापेर
रैतीबाट जनता बनेको धेरै भयो
अब हामीलाई जनताबाट
नागरिक बन्नु छ महाराज !
ऑखा खोलीबक्स्योस्,

देश ट्रली बस जस्तै भएको छ महाराज !
बिग्रीएको ट्रली बसभित्र जो छिऱ्यो
केही न केही सामान निकालेर लगेकैछन्
कसैले बनाएनन्,

समृद्धिको बाटोमा हिडेकाहरूले
हेलमेट लगाउँदै र सावेल बोकेर
भुसुक्कै मकैबारी मासेका छन् महाराज
ऑखा खोलीबक्स्योस्,

टपरे, धुपौरे, स्याहारे, सुसारेहरूले
हजुरलाई निन्द्राबाट ब्युँझनै नसक्ने बनाएकाछन्
ससुराली जाने बाटो समेत
झण्डै बन्दै गराईदिएका थिए
मार्सी भातेहरूले,

चौडा शरीरमा
तेत्तिस किलो सुनको गरगहनामा
सुसज्जित भएर
नक्कली लालपूर्जा समेत बोकेर
बालुवाटार छिर्न खोज्ने धनाढ़्य सुकुम्बासीहरू
ढोका जति सानो होस् न महाराज !
लुतुलुतु छिरेको छिरेकैछन्
हजुर ऑखा खोलेरै गहिरो निन्द्रामा होईबक्सन्छ
एक कट्ठेले हजुरको
हजार बिघा जमीन खान लागीसके
धेरै सुकुला नगरी बक्स्योस् महाराज !
ऑखा खोलीबक्स्योस्,

हर गाउँमा आजकल
पिर्काको अभाव भएको छ महाराज !
थोरै पिर्का छिमेकबाट मगाउनु पर्नेछ
आमालाई खुलेआम रण्डी भन्नेहरू
फिस्टे छातीको रौं देखाएर
पिर्का बोक्न तयार छन् महाराज !
ऑखा खोलीबक्स्योस्,

 height=ऑखा खोलीबक्स्योस् महाराज !
या त सबै पिर्के महाराजहरूको बिदाइ गरिबक्स्योस्
या आफै बिदा होईबक्स्योस् महाराज {{read_more}}
ऑखा खोलीबक्स्योस्
श्री ५ को पुनरागमन अगावै
हामीलाई जनताबाट नागरिक बन्नुछ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिथार्नेहरू छन्

चिथार्नेहरू छन्

आनन्द श्रेष्ठ
कुकुरको पुच्छर

कुकुरको पुच्छर

आनन्द श्रेष्ठ
चाहिन्न

चाहिन्न

आनन्द श्रेष्ठ
पछार्नेहरू छन्

पछार्नेहरू छन्

आनन्द श्रेष्ठ
महाराज पो फरक ताज उही छ

महाराज पो फरक ताज...

आनन्द श्रेष्ठ
होलीका तीन गाेली

होलीका तीन गाेली

आनन्द श्रेष्ठ
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x