साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुट् कान्छा लुट्

Nepal Telecom ad

 height=

रातारात जुटी दिनादिन कुटी आश्वासनैको बुटि
पैले भोट लुटी समान सुकुटी ताप्के तताई भुटी {{read_more}}
तातो तेल मली बजेट-बगली हाँडी तताएर भुट्
लुट् कान्छा जति सक्दछस् सदनमा बाजा बजाएर लुट्
।१।
गुन्डा तस्करले सधैं जितिरहे अन्यायको खेलमा
जाँदैछन् परिवन्दमा गरिबका आन्द्राहरू जेलमा
कुर्सीमाथि समस्त उच्च तहका गुन्डा सजाएर लुट्
लुट् कान्छा जति सक्दछस् सदनमा बाजा बजाएर लुट्
।२।
फक्रेका मृदु जिन्दगी कति सुके त्यो द्वन्दको घाममा
हाँस्दो कोख रुवाउँदै कति पसे छोराहरू खाममा
घुम्टो भित्र लुकेर लुट् अलिअली कैले लजाएर लुट्
लुट् कान्छा जति सक्दछस् सदनमा बाजा बजाएर लुट्
।३।
द्यौता आज लिलाममा चढिसके किन्नेहरू धाउँछन्
बोली उच्च लगाउँदै डलरका झोली लिई आउँछन्
सारा धर्म किचेर लुट् सदनको भत्ता पचाएर लुट्
लुट् कान्छा जति सक्दछस् सदनमा बाजा बजाएर लुट्
।४।
जाँदा ठोस र फर्किँदा तरल जो छन् राहदानी भिजी
बस्छिन् खै कति दर्दनाक पलमा बम्बै पुगेकी दिदी
चेली लुट् घरवार लुट् दस दिशा आफ्ना बचाएर लुट्
लुट् कान्छा जति सक्दछस् सदनमा बाजा बजाएर लुट्
।५।
लाग्यो सत्य तितो भने मुखमुखै जिब्रो लुकाई बसेस्
झल्क्यो लाज कतै भने वदनमा थोरै खरानी घसेस्
पार्टी होइन देशको कलमले यी दृश्य हेर्दै थियो
लेखेको जति सत्य हो समय हो जे देखियो लेखियो
।६।

पञ्चेश्वर-६, बिजुल, बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x