साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मातृभाषा र मातृभाषा साहित्यबारे विमर्श

Nepal Telecom ad

 height=२०७६ फागुन ६, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भाषा आयोग र युनेस्को काठमाडौँसँगको सहकार्यमा मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचारगोष्ठीको आयोजना {{read_more}} गरियो । 

अन्तर्राष्ट्रिय मातृभाषा दिवस २१ फ्रेबु्रअरीको पूर्वसन्ध्यामा आयोजित गोष्ठीमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक योगेश भट्टराईले भूमण्डलीकरणका कारण विश्वमा अहिले मातृभाषाहरू जोखिममा परिरहेका भएता पनि नेपालले भने संविधानमै सुनिश्चित गरेर भाषा तथा मातृभाषाहरूको संरक्षण र संवद्र्धनका लागि विशेष नीति लिएको बताउनुभयो । उहाँले भाषा मानिसको जन्मसिद्ध अधिकार भएकोले त्यसको संरक्षण र संवद्र्धन गर्न सरकार उदारतापूर्वक लागिरहेको सुनाउनुभयो । मन्त्री भट्टराईले भन्नुभयो– “भाषाहरूको संरक्षण एवम् संवद्र्धनमा विश्वले नेपालबाट धेरै कुरा सिक्न सक्छ ।” 

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले संसार बहुभाषिक भएको बताउनुभयो । उहाँले भन्नुभयो– “विश्वमा केही भाषा प्रचलनमा रहेको भए पनि सम्यता र सस्ंकृतिको आत्मा नै भाषा भएको हुँदा मातृभाषाको महत्व जहिल्यै रहन्छ ।”

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले विगत नौ वर्षदेखि प्रज्ञा–प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषाका अवसरमा मातृभाषासम्बन्धी विशर्म र मातृभाषा राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको उल्लेख गर्दै उहाँले भाषिक सद्भाव कायम गर्न यो दिवस महत्वपूर्ण रहेको बताउनुभयो ।

भाषा आयोगका अध्यक्ष प्रा.डा. लवदेव अवस्थीले राष्ट्रका सम्पूर्ण स्रोतसाधनको समृद्धिको आधार भनेकै मातृभाषा भएको उल्लेख गर्नुहुँदै संसारमा भाषा तथा मातृभाषाहरूलाई महत्व दिने देशमा नेपाल अग्रपङ्तिमा रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– “भाषाहरूलाई खण्डित हुनबाट जोगाउनु नै आजको मुख्य चुनौती हो ।”   

मातृभाषा विभाग प्रमुख प्रा.डा. योगेन्द्रप्रसाद यादवले विश्वमा मातृभाषाको महत्व दिनानु दिन बढिरहेको बताउनुभयो । उहाँले भाषाकै कारण बङ्गलादेश जन्मिएको उल्लेख गर्दै संसारभरिका मातृभाषाको सम्मानमा युनेस्कोले २१ फ्रेब्रुअरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मान्यता दिएको उल्लेख गर्नुभयो । 

कार्यक्रममा मातृभाषा साहित्य विभाग प्रमुख लक्ष्मी माली, नेपालका लागि बङ्गलादेशका कार्यबाहक राजदूत मोहम्मद अल अलमुइ इमान र युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारीले मातृभाषा र मातृभाषा साहित्यको महत्वबारे प्रकाश पार्नुभएको थियो । 

सोही अवसरमा भएको विचारगोष्ठीमा भाषा आयोगका अध्यक्ष प्रा.डा. लवदेव अवस्थीले नेपालमा मातृभाषा शिक्षा नीति तथा कार्यान्वयनको अवस्था, डा. तारामणि राईले नेपालका आदिवासी जनजातिका मातृभाषाको वर्तमान अवस्था र अस्मिता मानन्धरले समाज रूपान्तरणमा मातृभाषा साहित्यको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।  प्रस्तुत कार्यपत्रहरूमाथि क्रमशः प्रा.डा. नोबलकिशोर राई, प्रा.डा. दुविनन्द ढकाल र भोगीराज चाम्लिङले टिप्पणी गर्नुभएको थियो । 

प्रज्ञा–प्रतिष्ठानद्वारा फागुन ९ गते अन्तर्राष्ट्रिय मातृभाषा दिवसका दिन मातृभाषा राष्ट्रिय कविता महोत्सव आयोजना गर्दैछ । महोत्सवमा यसपालि ५४ मातृभाषाका ६५ कविता वाचनका लागि छनोट भएका छन् । महोत्सवमा भारतको आसाम राज्यबाट असमिया भाषाकी कवि रूमी लस्कर बोराको समेत आतिथ्य रहनेछ । कार्यक्रम रवीन्द्र तिमल्सेनाले सञ्चालन गर्नुभएको थियो । 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x