
महाराज पो फरक ताज उही छ
कति धुन्छौ त्यही फोहर राजनीति जति धोए पनि गाज उही छ ।

तन्त्र जे भए नि राज उही छ
हिजो जे भयो त्यो आज उही छ ।
‘माथि’ जो गयो त्यो माथि नै रह्यो
तल हुने को पो लाज उही छ ।
भत्काउने बनाउने कस्तो चलन हो !
मेरो राजधानीको काज उही छ ।
कति धुन्छौ त्यही फोहर राजनीति
जति धोए पनि गाज उही छ ।
राजा हटे पनि फरक के भो र !
महाराज पो फरक ताज उही छ ।
०००
फित्कौली अङ्क ४०, साउन-भदौ, २०७१