सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कुकुरको पुच्छर

आजकल बाङ्गो पुच्छर लिएका, दोबाटो चौबाटोमा एकार्कासँग झगडा गर्दै रमिता देखाउँदै तँभन्दा मै ठूलो भन्ने अहंकार बोकेका कुकुरहरू ठाउँठाउँमा देखिन्छन्।

Nepal Telecom ad

आनन्द श्रेष्ठ :

बाङ्गो पुच्छरका कारण आफ्नो पहिचान समाजमा हेपिएको महसुस गरेर एकदिन कुकुर भगवान सामु पुग्छन् र पुच्छर सोझो बनाई पाउँ भनेर वरदान मागेछन्।

हे प्रभु ! सन्तान दरसन्तान हाम्रा पुच्छर बाङ्गो हुँदै गएको छ। सिधा हिंड्दा पनि पुच्छर बाङ्गो लाग्छ प्रभु ! कसैले सर्जरी नै गरे तर पनि बाङ्गै भयो। हामी जस्तै स्यालको पुच्छर सिधा, गैंडाको पुच्छर सिधा, गाईगोरूका पुच्छर सिधा तर किन हाम्रो मात्र बाङ्गो प्रभु ! सही जुक्ति लगाएर हाम्रो पुच्छर पनि सिधा गराई पाउँ प्रभु !

यति सुनेपछि भगवानले – ल आजबाट अरू जनावर झैं सिधा पुच्छर लिएर बॉच्नू, काम सकिएपछि चुपचाप आफ्नो बाटो लाग्नू,रमिता नदेखाउनू, मेरो वरदान भयो।

यति वरदान पाएर फर्किएका कुकुरलाई स्याल जस्तै छट्टु भनेर समाजले तिरस्कार गर्न थाले। स्यालको जस्तै पुच्छर भएपछि कुकुर र स्यालमा के फरक भयो र ? भन्न थाले। तिमीहरूलाई तिमीहरूले दोबाटो चौबाटोमा देखाउने झगडा र रमिताले त कुकुर भनेर चिन्छौं, रमिता नै नदेखाउने भए तिमीहरूको चिनारी मेटियो। तिमीहरू सिध्दियौ।

यस्ता अनेक घोचपेच भएपछि कुकुरले आफ्नो अस्तित्व समाप्त हुन नदिन फेरि आ-आफ्ना भगवान समक्ष इतिवृत्तान्त सुनाएर पुच्छर बाङ्गै राखी पाउँ प्रभु ! भन्दै वरदान लिएर आए।

आजकल बाङ्गो पुच्छर लिएका, दोबाटो चौबाटोमा एकार्कासँग झगडा गर्दै रमिता देखाउँदै तँभन्दा मै ठूलो भन्ने अहंकार बोकेका कुकुरहरू ठाउँठाउँमा देखिन्छन्।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चाहिन्न

चाहिन्न

आनन्द श्रेष्ठ
पछार्नेहरू छन्

पछार्नेहरू छन्

आनन्द श्रेष्ठ
महाराज पो फरक ताज उही छ

महाराज पो फरक ताज...

आनन्द श्रेष्ठ
होलीका तीन गाेली

होलीका तीन गाेली

आनन्द श्रेष्ठ
कुलङ्घार ! 

कुलङ्घार ! 

आनन्द श्रेष्ठ
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा