सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

डेरा सरेको दिन

खस्रा यी घरबार भोग मलिला छैनन् कतै सात्त्विकी पैसाको रसराग उग्र रहँदा पर्छौँ सदा दुर्गति । बाँचुञ्जेल रुवो बनेर त जिऔँ सद्भावको व्यञ्जन जाला बिम्ब चिहानसम्म जसरी ? डेरा सरेको दिन ।।

Nepal Telecom ad

नदी भट्टराई :

पाउन्नन् दिलदार मानव यहाँ पाए कतै न्यून छन्
धर्तीकै धनधान्य धारण गरी बाच्नेहरू व्यर्थ छन् ।
जो देख्लान् नवस्वर्ग दौलतसँगै भित्री म क्यै देख्दिनँ
जाला बिम्ब चिहानसम्म जसरी ? डेरा सरेको दिन ।।१।।

स्थायी व्यक्ति रहन्न जीवन छँदा हेर्ने भए लोकमा
ताराको पनि चन्कने रहर हो सूर्यास्तको साँझमा ।
लाँदैनौँ घरखेत द्रव्य गहना अर्थी उठेको क्षण
जाला बिम्ब चिहानसम्म जसरी ? डेरा सरेको दिन ।।२।।

मान्छे दृष्टि पगाल्छ भौतिक कला राम्रो हुँदैनन् मति
चाँदीमा सुनमोहको जलपले घट्छन् उज्यालो गति ।
जे जस्तो सुखदुःख भोग्नु छ यहाँ त्यो सत्य हो क्रन्दन
जाला बिम्ब चिहानसम्म जसरी ? डेरा सरेको दिन ।।३।।

बाटामा सब छौँ अनन्त भवको यात्रा त संयोग हो
भोग्ने कर्म यही छ देहपथमा लेखान्त सन्देश हो ।
खेल्ने नाटक हो र मण्डप धरा सद्भाव होस् कञ्चन
जाला बिम्ब चिहानसम्म जसरी ? डेरा सरेको दिन ।।४।।

तिर्खामा धन हाँस्दछन् गजबले प्यासी भई क्रोधले
अर्काको कद देख्छ मज्बुत धनी होचो सधैँ दम्भले ।
ईर्ष्या डाह पखाल्छ रुष्ट मनुवा निर्धा उठेको पल
जाला बिम्ब चिहानसम्म जसरी ? डेरा सरेको दिन ।।५।।

माटाले बरु भन्न सक्दछ जगत् मेरा सबै वक्ष हुन्
माटो नै जनजिन्दगी प्रहरको आकार आधार हुन् ।
पानीअग्नि छ पञ्चत्तव शिरमा सारा अरूकै धन
जाला बिम्ब चिहानसम्म जसरी ? डेरा सरेको दिन ।। ६।।

टेक्ने पाउ अकाश अन्नजलमा आफ्ना हुँदैनन् कहीँ
जीवात्मा नवभोगको लहडमा आए धरा तानिई ।
यी सम्पत्ति जहान बालबबुरो हुन् मोहका बन्धन
जाला बिम्ब चिहानसम्म जसरी ? डेरा सरेको दिन ।।७।।

तिरो तिर्न सके रहन्छ सपना बुन्ने कि च्यात्ने भनी
आफूमाथि छ आयुको घरधनी बस्ने कि जाने भनी ।
मिथ्या हुन् दरवारको बगरमा बस्नेहरूका मन
जाला बिम्ब चिहानसम्म जसरी ? डेरा सरेको दिन ।।८।।

खस्रा यी घरबार भोग मलिला छैनन् कतै सात्त्विकी
पैसाको रसराग उग्र रहँदा पर्छौँ सदा दुर्गति ।
बाँचुञ्जेल रुवो बनेर त जिऔँ सद्भावको व्यञ्जन
जाला बिम्ब चिहानसम्म जसरी ? डेरा सरेको दिन ।। ९।।

०००
सूर्योदय नगरपालिका – फिक्कल इलाम

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल