साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डेरा सरेको दिन

खस्रा यी घरबार भोग मलिला छैनन् कतै सात्त्विकी पैसाको रसराग उग्र रहँदा पर्छौँ सदा दुर्गति । बाँचुञ्जेल रुवो बनेर त जिऔँ सद्भावको व्यञ्जन जाला बिम्ब चिहानसम्म जसरी ? डेरा सरेको दिन ।।

Nepal Telecom ad

नदी भट्टराई :

पाउन्नन् दिलदार मानव यहाँ पाए कतै न्यून छन्
धर्तीकै धनधान्य धारण गरी बाच्नेहरू व्यर्थ छन् ।
जो देख्लान् नवस्वर्ग दौलतसँगै भित्री म क्यै देख्दिनँ
जाला बिम्ब चिहानसम्म जसरी ? डेरा सरेको दिन ।।१।।

स्थायी व्यक्ति रहन्न जीवन छँदा हेर्ने भए लोकमा
ताराको पनि चन्कने रहर हो सूर्यास्तको साँझमा ।
लाँदैनौँ घरखेत द्रव्य गहना अर्थी उठेको क्षण
जाला बिम्ब चिहानसम्म जसरी ? डेरा सरेको दिन ।।२।।

मान्छे दृष्टि पगाल्छ भौतिक कला राम्रो हुँदैनन् मति
चाँदीमा सुनमोहको जलपले घट्छन् उज्यालो गति ।
जे जस्तो सुखदुःख भोग्नु छ यहाँ त्यो सत्य हो क्रन्दन
जाला बिम्ब चिहानसम्म जसरी ? डेरा सरेको दिन ।।३।।

बाटामा सब छौँ अनन्त भवको यात्रा त संयोग हो
भोग्ने कर्म यही छ देहपथमा लेखान्त सन्देश हो ।
खेल्ने नाटक हो र मण्डप धरा सद्भाव होस् कञ्चन
जाला बिम्ब चिहानसम्म जसरी ? डेरा सरेको दिन ।।४।।

तिर्खामा धन हाँस्दछन् गजबले प्यासी भई क्रोधले
अर्काको कद देख्छ मज्बुत धनी होचो सधैँ दम्भले ।
ईर्ष्या डाह पखाल्छ रुष्ट मनुवा निर्धा उठेको पल
जाला बिम्ब चिहानसम्म जसरी ? डेरा सरेको दिन ।।५।।

माटाले बरु भन्न सक्दछ जगत् मेरा सबै वक्ष हुन्
माटो नै जनजिन्दगी प्रहरको आकार आधार हुन् ।
पानीअग्नि छ पञ्चत्तव शिरमा सारा अरूकै धन
जाला बिम्ब चिहानसम्म जसरी ? डेरा सरेको दिन ।। ६।।

टेक्ने पाउ अकाश अन्नजलमा आफ्ना हुँदैनन् कहीँ
जीवात्मा नवभोगको लहडमा आए धरा तानिई ।
यी सम्पत्ति जहान बालबबुरो हुन् मोहका बन्धन
जाला बिम्ब चिहानसम्म जसरी ? डेरा सरेको दिन ।।७।।

तिरो तिर्न सके रहन्छ सपना बुन्ने कि च्यात्ने भनी
आफूमाथि छ आयुको घरधनी बस्ने कि जाने भनी ।
मिथ्या हुन् दरवारको बगरमा बस्नेहरूका मन
जाला बिम्ब चिहानसम्म जसरी ? डेरा सरेको दिन ।।८।।

खस्रा यी घरबार भोग मलिला छैनन् कतै सात्त्विकी
पैसाको रसराग उग्र रहँदा पर्छौँ सदा दुर्गति ।
बाँचुञ्जेल रुवो बनेर त जिऔँ सद्भावको व्यञ्जन
जाला बिम्ब चिहानसम्म जसरी ? डेरा सरेको दिन ।। ९।।

०००
सूर्योदय नगरपालिका – फिक्कल इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x