चूडामणि रेग्मीकेराका पातमा पात ! कुरौटेका वातमा बात !
अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालाई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सवै झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्काैलीमा जाेड्ने प्रयत्न जारी छ । - सम्पादक ।

चूडामणि रेग्मी :
अहिले पूर्वका माेतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुकाे झाङमुनि…’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश (मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी (सत्यवाद केशरी), व्यङ्ग्य ऋषि (चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, हाेम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनाेद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालाई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सवै झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्काैलीमा जाेड्ने प्रयत्न जारी छ । – सम्पादक ।
नामाकरणको भूमिका
जुग नयाँ आयो, काम गरेर मात्र पेट भर्ने प्रचलन पुरानो भयो, यसैले कामभन्दा कुरा गरेर खाने निकै वढे । आफू पनि काम गरेरै पेट भरिन्थ्यो । धेरैले भने- ‘तेरो उन्नति भएन, उन्नति हुने मेलो गर मलाई झनक्क रिस पनि उठ्यो । भुसतिघ्रे भइसके, कसरी मेरो उन्नति भएन एक थिए, दुई भए, दुई थिए छ भइसके, कसरी उन्नति भएन ? मेरा हितूले भने, ‘काम मात्रै धेर गर्छौं, गफ पनि गर्ने गर न । गफ भनेको भातमा अचार जस्तो हो । अर्थात् काम भात हो भने गफ अचार हो । यी कुरा आफ्नी च्यान्टीले पनि सुनिछ अनि उसले पनि ’हो न नि ।’ भनी सही ठ्यॉसिदिई अनि यसपछि नै म ‘गफडी’ भएँ ।
नाना लाञ्छना नाना व्यक्ति गाँजा तानी गफ गरी हिंड्दा यस्तै पेसा गरिखाने चम्चाभनाउँदा निकैलाई पीर परेछ । तिनले नाना लाञ्छना मेरा उपर कसिहाले । हुन त अरूको पनि विभिन्न यस्तै नाम रहेछन् । एउटालाई साइवावा भन्दा र’छन् । साइवावाको काम के-के हो कोनि उसको कपाल साइवावा जस्तो रहेछ । टेलिफोन उसले समाएपछि तिरिमिरीभ्याई पार्दो र’छ । गफडीलाई एक दिन साइवावाले सुटुक्क भन्यो- ठिक छ अब तिम्रा दिन खुले वास्तवमा ऊ गफडी मात्र होइन, कुरौटे पनि थियो, दुर्भाग्यवश, उसको नाम गफडी वा कुरौटे जुर्न नसकेर साइवावा जुर्न गएछ । उसलाई यसमा ज्यादै पछुतो थियो ।
शिशुपालको क्रोध
मेरो गफडी नाम प्रचारमा आएको देखेर दार्जिलिङको कुइंगन्ध कति नुहाए पनि नगएको खरसाडेको भाइ शिशुपाललाई ज्यादै खटपटी भएछ । अनि उसले धुआंदार दुष्प्रचार सुरु गर्यो ‘यो गोरु हो, यसको कत्ति वुद्धि छैन । यो आफ्ना गुरुहरूलाई लायक र जुन भन्छ । यो एकलव्य हो । यसले कुन दिन आफ्ना औला काट्छ ।’ इत्यादि-इत्यादि प्रचार गरेर गफडीलाई ठाकुरगन्जेको आडमा बाँचेकोसम्म भन्यो । यस गालीमास्टरले गाली अभियानै गयो ।
गालीमास्टर र गफडी
साइवावाको वावा भएर गफडीभन्दा विहत्तर हात लामो गफ गर्न सक्ने यो गालीमास्टर विचित्रको छ गालीमास्टर कति छ, छ भने यहाँका वाठा बाठालाई तिन चित पारेर गुट कस्छ उसले जिके दाउ हान्ने ट्रेनिङको सिक्लाइ त नै सिकेर आएको छ । छट्टुले कालाबजारियाको भोँपू भएर रजाई गरेको छ । ऊ कालाबजारियापट्टि लागेर उनको बेपार फस्टाउने कुरोको प्रचारमा इमान्दारहरूलाई गालीका रास लाउँछ । जसले गालीलाई नयाँ रूप दिन एक-दुई कामरेडलाई पनि हात लिएको छ । मजस्ता भुच्चुक गफडीको कुरा सुन्नु कि पुराका पुरा गाली मान्छेले ? पीत पत्रकारिताको मोहमा लठ्ठ पाठकलाई जस्तै स्वच्छ पत्रकारिता रुच्दैन । त्यस्तै भएकाले गालीमास्टरका गाली गल्ली-गल्ली हल्ली गफडीको गफ लक्ष्यमा गालीमास्टरले हिङ नै हालेको छ । उदाहरणका लागि गालीमास्टरले नाम नराखेको कुनै मान्छे हुन्न । उसले गाली गर्ने हुन्छन् उसको स्वार्थ पुरा नगर्ने व्यक्ति । तीमध्ये कुनै ठाकुरगन्जे हुन्छन् भने कुनै झोडे । उसको आलोचना गर्ने पनि यस्तै धुपौरे हुन्छन् । गालीमास्टरले जिन्दगीमा कतिलाई के-कस्ता हास्यास्पद गाली गर्यो अनुसन्धेय भएको छ । यस्ताका अगाडि गफ गर्ने कसैको दाल गल्न सकेको छैन, विचरा गफडी पनि हैरान भएको छ ।
पातमा पात ! बातमा बात !
वानीअनुसार मैले गफडी भएर पनि चाहिँदा गफ गर्ने बानी छाडिने । मेरा राष्ट्रवादी गुरुहरू र मेरा दुष्प्रचारकका हुलहरूका वारेमा मैले के गफ गरे भने-हरे गुरुहरू हो, हुलहरू हो, मैले त आफ्नो उन्नति गर्न पो गफ गर्न सिकेको त यो झगडा किन रच्नी ? भाइ फुटे गँवार लुटे गर्न त मैले गफ झिकेको होइन भने कित फुट्छौ र फुटाउँछौ ? पातमा पात भए ! वातमा वात हुनु स्वाभाविक हो, तर तिललाई ताड र रायोलाई पर्वत बनाएर किन फुटाउँछौ फुट्छौ ?
यसको उत्तर थिएन । शिशुपालहरूको काम गालीद्वारा जीविका चलाउनु थियो । जसरी भुक्नेको प्रवृत्ति भुक्नु नै हुन्छ, त्यस्तै कहिल्यै नचोखिनेको बिटुलो हुनु नै प्रकृति हुँदो रहेछ, जसले गर्दा हाम्रो एकतामा निकै वाधा पुगेको छ । यो कारणले हो आफ्नो गफडी नाम छोड् र चुपचाप समाधिस्थ भई वसूँ जस्तो यो लाग्छ ! परिस्थितिले पनि विचित्रको रूप लिँदो रहेछ ! आगे फेरि… ।
०००
‘युगज्ञान’ वर्ष १० अङ्क १२, (२०३५)
Subscribe
Login
0 Comments
Oldest







































