साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केराका पातमा पात ! कुरौटेका वातमा बात !

अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालाई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ ।  नकुल काजी लगायत नयाँ पुराना सवै  झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्काैलीमा जाेड्ने प्रयत्न जारी छ । - सम्पादक ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

Chudamani Regmiअहिले पूर्वका माेतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने  ‘एैँसेलुकाे झाङमुनि…’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश (मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी (सत्यवाद केशरी), व्यङ्ग्य ऋषि (चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, हाेम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनाेद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालाई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ ।  नकुल काजी लगायत नयाँ पुराना सवै  झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्काैलीमा जाेड्ने प्रयत्न जारी छ । – सम्पादक ।

नामाकरणको भूमिका

जुग नयाँ आयो, काम गरेर मात्र पेट भर्ने प्रचलन पुरानो भयो, यसैले कामभन्दा कुरा गरेर खाने निकै वढे । आफू पनि काम गरेरै पेट भरिन्थ्यो । धेरैले भने- ‘तेरो उन्नति भएन, उन्नति हुने मेलो गर मलाई झनक्क रिस पनि उठ्यो । भुसतिघ्रे भइसके, कसरी मेरो उन्नति भएन एक थिए, दुई भए, दुई थिए छ भइसके, कसरी उन्नति भएन ? मेरा हितूले भने, ‘काम मात्रै धेर गर्छौं, गफ पनि गर्ने गर न । गफ भनेको भातमा अचार जस्तो हो । अर्थात् काम भात हो भने गफ अचार हो । यी कुरा आफ्नी च्यान्टीले पनि सुनिछ अनि उसले पनि ’हो न नि ।’ भनी सही ठ्यॉसिदिई अनि यसपछि नै म ‘गफडी’ भएँ ।

नाना लाञ्छना नाना व्यक्ति गाँजा तानी गफ गरी हिंड्दा यस्तै पेसा गरिखाने चम्चाभनाउँदा निकैलाई पीर परेछ । तिनले नाना लाञ्छना मेरा उपर कसिहाले । हुन त अरूको पनि विभिन्न यस्तै नाम रहेछन् । एउटालाई साइवावा भन्दा र’छन् । साइवावाको काम के-के हो कोनि उसको कपाल साइवावा जस्तो रहेछ । टेलिफोन उसले समाएपछि तिरिमिरीभ्याई पार्दो र’छ । गफडीलाई एक दिन साइवावाले सुटुक्क भन्यो- ठिक छ अब तिम्रा दिन खुले वास्तवमा ऊ गफडी मात्र होइन, कुरौटे पनि थियो, दुर्भाग्यवश, उसको नाम गफडी वा कुरौटे जुर्न नसकेर साइवावा जुर्न गएछ । उसलाई यसमा ज्यादै पछुतो थियो ।

शिशुपालको क्रोध

मेरो गफडी नाम प्रचारमा आएको देखेर दार्जिलिङको कुइंगन्ध कति नुहाए पनि नगएको खरसाडेको भाइ शिशुपाललाई ज्यादै खटपटी भएछ । अनि उसले धुआंदार दुष्प्रचार सुरु गर्यो ‘यो गोरु हो, यसको कत्ति वुद्धि छैन । यो आफ्ना गुरुहरूलाई लायक र जुन भन्छ । यो एकलव्य हो । यसले कुन दिन आफ्ना औला काट्छ ।’ इत्यादि-इत्यादि प्रचार गरेर गफडीलाई ठाकुरगन्जेको आडमा बाँचेकोसम्म भन्यो । यस गालीमास्टरले गाली अभियानै गयो ।

गालीमास्टर र गफडी

साइवावाको वावा भएर गफडीभन्दा विहत्तर हात लामो गफ गर्न सक्ने यो गालीमास्टर विचित्रको छ गालीमास्टर कति छ, छ भने यहाँका वाठा बाठालाई तिन चित पारेर गुट कस्छ उसले जिके दाउ हान्ने ट्रेनिङको सिक्लाइ त नै सिकेर आएको छ । छट्टुले कालाबजारियाको भोँपू भएर रजाई गरेको छ । ऊ कालाबजारियापट्टि लागेर उनको बेपार फस्टाउने कुरोको प्रचारमा इमान्दारहरूलाई गालीका रास लाउँछ । जसले गालीलाई नयाँ रूप दिन एक-दुई कामरेडलाई पनि हात लिएको छ । मजस्ता भुच्चुक गफडीको कुरा सुन्नु कि पुराका पुरा गाली मान्छेले ? पीत पत्रकारिताको मोहमा लठ्ठ पाठकलाई जस्तै स्वच्छ पत्रकारिता रुच्दैन । त्यस्तै भएकाले गालीमास्टरका गाली गल्ली-गल्ली हल्ली गफडीको गफ लक्ष्यमा गालीमास्टरले हिङ नै हालेको छ । उदाहरणका लागि गालीमास्टरले नाम नराखेको कुनै मान्छे हुन्न । उसले गाली गर्ने हुन्छन् उसको स्वार्थ पुरा नगर्ने व्यक्ति । तीमध्ये कुनै ठाकुरगन्जे हुन्छन् भने कुनै झोडे । उसको आलोचना गर्ने पनि यस्तै धुपौरे हुन्छन् । गालीमास्टरले जिन्दगीमा कतिलाई के-कस्ता हास्यास्पद गाली गर्‍यो अनुसन्धेय भएको छ । यस्ताका अगाडि गफ गर्ने कसैको दाल गल्न सकेको छैन, विचरा गफडी पनि हैरान भएको छ ।

पातमा पात ! बातमा बात !

वानीअनुसार मैले गफडी भएर पनि चाहिँदा गफ गर्ने बानी छाडिने । मेरा राष्ट्रवादी गुरुहरू र मेरा दुष्प्रचारकका हुलहरूका वारेमा मैले के गफ गरे भने-हरे गुरुहरू हो, हुलहरू हो, मैले त आफ्नो उन्नति गर्न पो गफ गर्न सिकेको त यो झगडा किन रच्नी ? भाइ फुटे गँवार लुटे गर्न त मैले गफ झिकेको होइन भने कित फुट्छौ र फुटाउँछौ ? पातमा पात भए ! वातमा वात हुनु स्वाभाविक हो, तर तिललाई ताड र रायोलाई पर्वत बनाएर किन फुटाउँछौ फुट्छौ ?

यसको उत्तर थिएन । शिशुपालहरूको काम गालीद्वारा जीविका चलाउनु थियो । जसरी भुक्नेको प्रवृत्ति भुक्नु नै हुन्छ, त्यस्तै कहिल्यै नचोखिनेको बिटुलो हुनु नै प्रकृति हुँदो रहेछ, जसले गर्दा हाम्रो एकतामा निकै वाधा पुगेको छ । यो कारणले हो आफ्नो गफडी नाम छोड् र चुपचाप समाधिस्थ भई वसूँ जस्तो यो लाग्छ ! परिस्थितिले पनि विचित्रको रूप लिँदो रहेछ ! आगे फेरि… ।

०००
‘युगज्ञान’ वर्ष १० अङ्क १२, (२०३५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x