साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाकिम

ए हजुर, मोतिबिन्दु होइन, जलबिन्दु झनै होइन सबै हाकिमका आँखामा कुन रोग लागेको हो ? मेडिकल विज्ञानलाई चासो लागोस् । आफू बाहेक अरु सबै खत्तम देख्ने हामी र हाम्रा हाकिमहरूलाई कहिल्यै सञ्चो नहुने काँसो लागोस् ॥

Nepal Telecom ad

गायत्री परिरोशनी :

सबै छोडेर देशको हाकिम बन्नुपर्छ
आफू र आफ्नाको आमूल परिवर्तन गर्न
कसैले पत्ता लगाउन नसक्ने
दुई नम्बरी बाटो खन्नुपर्छ ॥
महिला पुरुष जुन जातको भए पनि
हाकिम भनेको हाकिम नै हो,
सरकारी, गैरसरकारी, निजी होस् वा
सहकारी र यो जस्तै अन्य खोल्नमा बिजी होस्
हाकिम भनेको हाकिम नै हो ॥

एउटा राजा फालेर केही चिन्ता नमानौँ
देशमा लाखौँ हाकिम भएका छौँ ।
सरकार जुनसुकै दल र
जुनसुकै बलको भए तापनि
विकास भन्ने अचम्मको कुरो,
हाकिमले नै खाएका छौँ ।
खानेकुरामा निकै खप्पिस छौँ है हाकिमहरू ।
नीति, नैतिकता, सिद्धान्त र संस्कृति खान्छौं
देश समृद्ध बनाउने मूल मन्त्रलाई
एकै गासमा क्वाप्प पार्छौ ।
सेवाग्राही र अन्य सबै निरीहहरूको आँसु खान्छौँ ।
जनावरको हो भने पकाएको र
हाकिमलाई मन परेका मान्छे र मुन्छिनीहरूको
मौका मिल्नासाथ काँचो मासु खान्छौँ ।

कलि युगमा हाकिमको महिमा अपरम्पार छ ।
हाकिम हौँ, जे गरे पनि हामी राम्रै हुन्छौँ ।
जस-जसले लक्ष्मी दिन सक्छन् ।
उनीहरू सबैको हाम्रै हुन्छौँ ।
हाम्रो मुटु बाँदरको मुटु भन्दा बलियो छ
गर्न नहुने र नमिल्ने जुनसुकै काम गर्न
लाज, घिन र डर पटक्कै लाग्दै-लाग्दैन
जे-जे गरे पनि हाम्रो हाकिम पद भाग्दै-भाग्दैन ।

हाकिम पूर्व, पश्चिम, उत्तर र दक्षिणका
जुनसुकै दल, वाद, पाटी र तन्त्रका,
जो—जो र जहाँ—जहाँका भए पनि
सबैको रुप, गुण र विशेषता
ठ्याक्कै एउटै हुन्छ ।
आजभोलि सबै हाकिमका आँखामा
अचम्मको रोग लागेको छ ।
नराम्रो काम गर्ने आफ्नाहरुलाई
निकै राम्रो देख्छन् ।
राम्रो काम गर्ने इमान्दारहरुलाई
मिलेसम्म घोक्रेठ्याक लगाउँछन् ।
ए हजुर, मोतिबिन्दु होइन,
जलबिन्दु झनै होइन
सबै हाकिमका आँखामा
कुन रोग लागेको हो ?
मेडिकल विज्ञानलाई चासो लागोस् ।
आफू बाहेक अरु सबै खत्तम देख्ने
हामी र हाम्रा हाकिमहरूलाई
कहिल्यै सञ्चो नहुने काँसो लागोस् ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x