फित्काैली डटकम‘साहित्य सुनाैँ’काे १००औँ श्रृङ्खला : वृहत् साहित्यिक कार्यक्रम
कार्यक्रममा मन्तव्य , रचना वाचन र कृति विमोचनसमेत भएका थिए । मन्तव्य व्यक्त गर्नेहरूमा आमन्त्रित अतिथिहरू ओम श्रेष्ठ रोदन र पवन आलोकले दुई देशबिचको सिर्जनशील सम्बन्ध प्रगाढ भएको प्रष्ट्याउदै आयोजक संस्थालाई हार्दिक आभार व्यक्त गरेका थिए ।

मिरिक / ३ नोभेम्बर २०२३ अर्थात् १७ कात्तिक २०८० शुक्रवारका दिन भारतको दार्जिलिङ जिल्लाको मिरिक नगरपालिकामा स्थापित साहित्यिक संस्था साहित्य सुनौँ परिवार मिरिकको नियमित कार्यक्रमअन्तर्गत एक वृहत् साहित्यिक कार्यक्रम सम्पन्न भएको हो ।
साहित्य सुनौँ परिवार मिरिकले श्रृङ्खलाबद्ध गरिँदै आएको यस कार्यक्रम मिरिकको कृष्णनगरस्थित अर्धसैनिक भवनको सभा हलमा सम्पन्न भएको हो र यो नियमित कार्यक्रम १०० औँ श्रृङ्खला भएकाले अलिक वृहत् तथा विशेष छिमेकी देश नेपालका विभिन्न संस्था र संस्थाका नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका वा निवर्तमान भइसकेका व्यक्ति व्यक्तित्वहरूको समेत सहभागी रहेकाले फरक र रोचक भने भएकै हो ।
राजबहादुर राई अध्यक्ष, बरिष्ठ साहित्यकार मोहन ठकुरी प्रमुख अतिथि, साहित्यिक पत्रिका ‘अभिव्यक्ति’ का संस्थापक सम्पादक/ प्रकाशक नरेन्द्रराज शर्मा , नेपाल स्रष्टा समाजका पूर्वाध्यक्ष पवन आलोक, गोर्खा पत्र र मधुपर्कका पूर्व सम्पादक ओम श्रेष्ठ रोदन, नेपाल स्रष्टा समाजका उपाध्यक्ष चेतनाथ कडेल हरित, नेपाल स्रष्टा समाजका महासचिव एवम् अभिव्यक्तिका कार्यकारी सम्पादक देवीका तिमल्सिना, नेपाल स्रष्टा समाजका कार्यकारी सदस्य तथा उपन्यास समाजका अध्यक्ष उपन्यासकार शंकर भारती, नेपाल स्रष्टा समाजका कोषाध्यक्ष साहित्यकार तारा सुवेदी, नेपाल स्रष्टा समाजका कार्यकारी सचिव प्रकाश घायल, नेपाल स्रष्टा समाजका कार्यकारी सदस्य साहित्यकार चेतनपथ माधव विडारी, साहित्यकार मधु पाठक, नेपाल स्रष्टा समाजका कार्यकारी सदस्य समालोक शान्तिमाया गिरी आदि विशेष अतिथिहरूसहितको मञ्चासिन स्रष्टाहरू रहेका थिए ।
अतिथिवर्गमा खदार्पणपश्चात स्वागत मन्तव्य राखिएको थियो भने सासुप्रका दिवङ्गत साहित्यिक व्यक्ति तथा भर्खरै दिवङ्गत भएका मिरिकका शान गायक दीपेन गुरुङलगायतका स्रष्टाहरूप्रति करिब २ मिनट मौनधारण गरिएको थियो । तत्पश्चात स्थानीय तथा आमन्त्रित अथतिथिहरूबाट विद्याकी देवी सरस्वतीको प्रतिमामा माल्यार्पण गर्दै दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा मन्तव्य , रचना वाचन र कृति विमोचनसमेत भएका थिए । मन्तव्य व्यक्त गर्नेहरूमा आमन्त्रित अतिथिहरू ओम श्रेष्ठ रोदन र पवन आलोकले दुई देशबिचको सिर्जनशील सम्बन्ध प्रगाढ भएको प्रष्ट्याउदै आयोजक संस्थालाई हार्दिक आभार व्यक्त गरेका थिए ।
यसै अवसरमा आमन्त्रित तथा स्थानीय स्रष्टाहरूको बाहुलीबाट डा.राजेन्द्र परदेशीकृत हिन्दी लघु कथा सङ्ग्रहको नेपाली अनुवाद लघु कथा सङ्ग्रह ‘विरानो हुँदै गाउँ’ को लोकार्पण गरिएको थियो । विमोचित पुस्तकको समीक्षा स्रष्टा मोहन ठकुरीले गरेका थिए ।
त्यसो त दुई देशका स्रष्टाहरूले आ-आप्ना कृतिहरू उपहारस्वरूप एकअर्का र संस्थालाई सुम्पिएका थिए जसमा डा.शान्तिमाया गिरीले मिरिक नगर पुस्तकालयलाई र डा.देवीका तिमल्सिनाले सासुप्र मिरिकलाई ।
त्यसैगरी रचना वाचन गर्नेहरूमा एसबी गजमेर, अर्जुन प्रधान, गोकुल रसाइली, अजम प्रधान, लक्ष्मी राई, युवराज भण्डारी, अमर दुङ्माली, शान्तप्रकाश राई, केसाङ लामा, जीनर घतानी, मोहन ठकुरी, विनोदसिँह खाती तारा सुवेदी, डा.शान्तिमाया गिरी, डा. कमला तामाङ, मधु पाठक, माधव विहारी , देवीका तिमल्सिना, प्रकाश घायल, चेतनाथ कडेल, शीला लामा, दीप प्रधान र मनिता राणा रहेका थिए ।
यस्तो सभ्य र भव्य कार्यक्रमको स्वागत गर्दै सासुप्र मिरिकलाई आमन्त्रित अतिहरूको तर्फबाट (नेपाल स्रष्टा समाज) कदर- पत्र प्रदान गरेका थिए । कार्यक्रमको अन्त्यमा अध्यक्ष राजबहादुर राईबाट सम्पूर्ण कार्यक्रमको सटीक टिप्पणीका साथ समापन भएको थियो ।
साहित्य सुनौँ परिवार मिरिकको आयोजना सचिव शीला लामाको स्वागत मन्तव्य तथा कार्यक्रम औचित्यमाथि प्रकाश र दीप प्रधानको सञ्चालन रहेको कथाकार दीप प्रधानले जानकारी दिएका हुन् ।
०००
फित्कौली डटकमका लागि मेची प्रतिनिधि नदी भट्टराई, इलाम
Subscribe
Login
0 Comments
Oldest







































