साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरा राष्ट्रियताको

हामीलाई थाहा छ, जब तिम्रो व्यवहार साक्षी बन्छ र तिम्रा सिद्धान्तले काम गर्दैन तिमी अलमलमा पर्छौ अनि हाम्रो ध्यान अन्तै मोड्न तिमी राष्ट्रियताका कुरा गर्छौ तिम्रा लागि राष्ट्रियता त केवल साँध हो ।

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

तिमी कुटे जस्तो गर्छौ, उनीहरू रोए जस्तो गर्छन्
तिमी घचेटे जस्तो गर्छौ, उनीहरू अलिक पर सर्छन्
यी सब तिमीहरूका देखावटी नाटक हुन्
हामीलाई सब थाहा छ
तिमीहरू मिलेर अवसरमा साझेदारी गर्छौ
आज एउटाले सात पुस्ता सुधार्छौ,
भोलि अर्कोले भुँडी भर्छौ
तिमी हाम्रा हात काट्छौ र चम्चाले खुवाउँछौ
दिउँसो कम्बल बाँड्छौ र राति घरमा आगो लगाउँछौ
तिम्रो भित्री अनुहारबाट अपरिचित
हामी आँखा चिम्लेर तिम्रो जय गाउँछौँ, र, त, दुख पाउँछौँ ।

तिमीलाई थाहा छ,
आफ्ना हातले खाने
र आफ्नै खुट्टाले हिँड्ने मान्छे
आफ्ना दिशा आफैँ तय गर्छ
तिम्रा इसारामा नाच्दैन
न तिम्रा आदेशमा बिनासित्ति मर्छ
त्यसैले,
तिमीहरू हामीलाई निरीह बनाई राख्न चाहन्छौ
किनकि निरीह मान्छेले अक्सर आफूलाई दास ठान्छ
नेतालाई भगवान् मान्छ र उसका हरेक कुरा सुन्छ
अनि तिनैलाई झुक्याउन र त्यस्तैमाथि शासन गर्न सजिलो हुन्छ ।

हाम्रा पुर्खा नालापानीमा लडे,
तिमीले कालापानी जोगाउन सकेनौ
फेरि पनि लाजै पचाएर,
राष्ट्रियताका कुरा गर्छौँ र सोझा जनताका
खोपडीमा नचाहिने के के कुरा भर्छौँ ।

बुद्धलाई भारतले उतै जन्माउन थालिसक्यो
कुनै दिन सीतालाई अयोध्यामै अन्माउन सक्छ ।
के तिमीलाई थाहा छैन ?
सुस्तामा उसका सिपाहीहरूले परेड खेल्दै गरेको कुरा
र दिनदिनै सीमास्तम्भ ढल्दै गरेको कुरा
तिमीलाई सब थाहा छ
राष्ट्रियताको ताल्चा साँचो कहाँ छ
घरमा ताला लगाएर साँचो छिमेकीलाई दिन्छौ
र मेरो घर सुरक्षित छ भन्दै हिँड्छौ
एक दिन तिमीलाई नै घोक्रेठ्याक लाउँदै
सत्ताबाट झार्छ अनि चिन्छौ ।

हामीलाई थाहा छ,
जब तिम्रो व्यवहार साक्षी बन्छ
र तिम्रा सिद्धान्तले काम गर्दैन
तिमी अलमलमा पर्छौ
अनि हाम्रो ध्यान अन्तै मोड्न
तिमी राष्ट्रियताका कुरा गर्छौ
तिम्रा लागि राष्ट्रियता त केवल साँध हो,
राजनीतिमा धार भर्ने
सोझा जनताको बलि दिएर
शक्ति प्राप्त गर्ने
केवल शक्ति प्राप्त गर्ने ।

०००
मैले जिउन जानिनँ (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
देशमा फेरि चुनाव आयो

देशमा फेरि चुनाव आयो

मीनप्रसाद लामिछाने
कसरी हुन्छ सुधार ?!

कसरी हुन्छ सुधार ?!

मीनप्रसाद लामिछाने
हामी त केवल घण्टा हौँ

हामी त केवल घण्टा...

मीनप्रसाद लामिछाने
निःशब्द

निःशब्द

मीनप्रसाद लामिछाने
हामी यो देशलाई थाइलैण्ड बनाउँछौँ

हामी यो देशलाई थाइलैण्ड...

मीनप्रसाद लामिछाने
एकैछिनकाे टेम्पाे यात्रा

एकैछिनकाे टेम्पाे यात्रा

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x