साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ह्याङओभर

कहिलेकहीँ मध्यरातमा देखिएको सपनाले पनि दिनभर सताउन सक्दछ । सपनामा पहाडी वा अन्य कतैको यात्रा गरियो भने भोलिपल्टको दिन सरिर थाकेको महसुस हुने हुन्छ । यस्तो अवस्थालाई स्वप्नदुषित ह्यांगओभर भनिदिँदा हुन्छ ।

Nepal Telecom ad

अशोककुमार शिवा :

प्रेम आफैमा सदाबहार ह्यांगओभर हो फेरी पनि मूर्त र अमूर्ततामा आधारित ह्यांगओभरमा केही भिन्नता अवस्य नै हुने गर्दछ । अमूर्त ह्यांगओभर काल्पनिक हुन्छ भने मूर्त ह्यांगओभर वास्कविकतामा आधारित हुन्छ । मूर्तमा जस्तो अमूर्तमा आनन्दानुभूति नहुने कुरा पक्का छ । मूर्तानुभूतिको सम्झना लामो समयसम्म रहने हुँदा त्यस खाले लामो अनुभूतिलाई नै ह्यांगओभर भन्ने गरिन्छ सायद । काल्पनिक आनन्दले शारीरिक असर नगरी केवल हल्का दिमागी असर मात्रै गर्ने हुँदा यस्तो ह्यांगओभर अल्पकालीन हुन्छ ।

यहाँ चर्चा गर्ने ह्यांगओभरको विषयले समग्र पाँच घण्टा संवाद परिसंवादलाई ओगटेको आधार भए पनि संक्षेपिकरण गर्ने प्रयास गरिएको छ । एक प्रकारको ह्यांगओभर नशासँग सम्बन्धित हुने चर्चा सुनिने गरेको हो । अघिल्लो दिन साँझ पिएको मदिराको असरले दिनभर टाउको समाउने र अस्वस्थ झै बनाउने गरेको बुझिन्छ । काल्पनिक ह्यांगओभरले टाउको भन्दा पहिला दिमाग समाउने हककुदा यसलाई दिमागी ह्यांगओभर भनिँदो रहेछ ।

प्रत्येक दिनको सुरुवातमा हुने क्रियाकलापको असरले पनि करिब दिनभर नै असर गरिरहने गर्दछ । त्यसैले हरेक दिन बिहानको ब्रम्ह मुहुर्तमा जुरुक्क उठेर पूणर्ास्नान वा अल्पस्नान गरी नित्यकर्म सकेर रमाईलो कुरा गर्ने हसिमजाक गरी हास्ने हँसाउने गरियो भने दिनभर खुसी रहन सकिन्छ । यस्तै प्रेमालापको पनि प्रहर अनुसारको ह्यांगओभर हुने गर्दछ । रातको पूर्वाधमा र मध्यरातमा हुने प्रेमिल क्रियाकलाप पछि आराम गर्ने मौका पनि हुने हुँदा यस्को ह्यांगओभर रहँदैन तर रातको उत्तरार्ध वा बिहान हुने प्रेमिल क्रियाकलापको असरले दिनभरि नै सम्झाई रहन्छ भने त्यो नै प्रेमिल ह्यांगओभर हो ।

कहिलेकहीँ मध्यरातमा देखिएको सपनाले पनि दिनभर सताउन सक्दछ । सपनामा पहाडी वा अन्य कतैको यात्रा गरियो भने भोलिपल्टको दिन सरिर थाकेको महसुस हुने हुन्छ । यस्तो अवस्थालाई स्वप्नदुषित ह्यांगओभर भनिदिँदा हुन्छ । स्वप्निल अर्थले नै आनन्द दिने हुँदा सपनामा आनन्दको क्षणप्राप्तिको ह्यांगओभर स्वप्निल ह्यांगओभरको वर्गमा पर्छ ।

पाँच घण्टासम्म संवाद परिसंवादमा रहेको चर्चाको ह्यांगओभर कुन वर्ग वा समुहमा पर्‍यो वा पार्न सकिन्छ त्यो भने संवाद परिसंवादका सहभागिले नै खुट्याउने विषय भएकोले यहाँ ठोस वर्गीकरण गरिएको छैन । पाठकहरू स्वयंले आफ्नो आजको ह्यांगओभर कुन वर्गको हो खुट्याएर म म भन्नु होला ।
अस्तु ।

०००
२०८० कार्तिक १६ गते रोज ५ शुभम् ।
गल्कोपाखा, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x