साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली (काव्य शृङ्खला- ३३)

बिर्सेलान् अब छप्पनी अनुजले चाल्नी थकाैली खुँगा। पेटाराे अघिकाे कहाँ छ अहिले बुन्थे बुढाबा हुँदा।। चाेयाबाट हुने विभिन्न तहका छाप्री र, ढाकीहरू। हामी वृद्ध भयाैँ भनेर नबुने गुम्ने भयो आबरु।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

चाेयाका शिल्प कला

शिल्पी शिल्प विशेष जीवन कला छन् वृद्धका साथमा।
केही छैन निराश कार्यथलमा मुस्कान झन् भालमा।
छर्छन् देशविदेशमा परिधिका आफ्ना कला संस्कृति।
भन्छन् साथ रहाेस् अझै अनुजकाे राम्रो गराैँ सम्मति।।१७६।।

डाेकाे बन्न सिकेँ अगाडि, र यता साठी कटेँ तैपनि।
जानेको सिप हाे छ ढुक्क दिलमा आनन्दकाे जीवनी।।
बिर्सिन्छन् कि भरे समस्तजनले हाम्राे पुरानाे कला।
भन्ने साेच उदात्तकाे छ सँगमा चैतन्यका छन् भला।।१७७।।

भन्छन् व्यस्त शरीर राख्नु छ सदा थाक्दैन मेराे मन।
पाकाले नगरे रहन्छ कसरी हाम्रो पुरानो धन ।।
डाेकाे आज हुँदै छ एक नमुना यस्तै अनेकाैँ चिज।
हुन्छन् गर्न सकेछ बाँस घरमा भन्छन् बुढाबा अझ।।१७८।।

डाेकाे ढाकर स्याँखु साथ महला थुन्से र धाेवे भयो।
डेली एक दराजझैँ अघि थियो पेचा गुमेझैँ भयो।।
माेही बाेक्न परेन आज जनले फाले पुरानो भुने।
साेच्ने गर्दछ वृद्धका मगजले खाेजेर राख्दा हुने।।१७९।।

राख्ने कागज जाे फिपी अघि थियो मेरा बुढाबा मरे।
पेरुङ्गाे अब चाहिँदैन घरमा भन्छन् सबैले अरे।
मेराे चित्त बुझेन याे विषयका सुन्दा अनाैठा कुरा।।
लागेकाे छु सदा बचाउन कला के बात गर्छाै भुरा।।१८०।।

मान्द्राे बुन्न भुलेर छैन अहिले डालो हरायो गयो।
काेठाे त्यो अघिकाे रहेन घरमा नाङ्लाे पुरानो भयो।।
गुम्ने छाँट छ सात हात भरकाे हाम्रो भकारी पनि।
खाेजी गर्नु छ वृद्धका मगजले आफैँ चनाखाे बनी।।१८१।।

बिर्सेलान् अब छप्पनी अनुजले चाल्नी थकाैली खुँगा।
पेटाराे अघिकाे कहाँ छ अहिले बुन्थे बुढाबा हुँदा।।
चाेयाबाट हुने विभिन्न तहका छाप्री र, ढाकीहरू।
हामी वृद्ध भयाैँ भनेर नबुने गुम्ने भयो आबरु।।१८२।।

( क्रमशः)

०००
२०८०/६ /१४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x