फित्काैली डटकमप्यालेस्टाइनी जनतामाथिको युद्ध अपराधविरुद्ध कविता वाचन
नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति एवम् कवि विमल निभाको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा जनस्वास्थ्यविद्, नागरिक अभियन्ता डा. शरद वन्तले प्यालेस्टाइनीहरूमाथि इजरायलले गरेको अत्याचारको ऐतिहासिक पाटोको चर्चा गर्नुभएको थियो ।

काठमाडाैं, २०८० कार्तिक १७ । पारिजात स्मृति केन्द्रले पारिजात स्मृति भवन, म्हेपी नयाँबजारमा प्यालेस्टाइनी जनतामाथिको युद्ध अपराधविरुद्ध कविता वाचन कार्यकमको आयोजना गर्यो ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति एवम् कवि विमल निभाको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा जनस्वास्थ्यविद्, नागरिक अभियन्ता डा. शरद वन्तले प्यालेस्टाइनीहरूमाथि इजरायलले गरेको अत्याचारको ऐतिहासिक पाटोको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा कविहरू डा. महेश मास्के, राजकुमार केसी, केशव सिलवाल, विन्दु शर्मा, लक्ष्मी रुम्बा, कौशिला रिसाल, अगिव बनेपाली, गीता त्रिपाठी, स्वप्निल स्मृति, गौरी देवकोटा, छम गुरुङ , पवन ढुंगाना, राधिका कल्पित, भोलानाथ सुवेदी, युग सर्वनाम, सुरज राना , सन्जित फलाना लगायतले कविता वाचन गर्नुभएको थियो ।
प्रमुख अतिथिको मन्तव्य पश्चात कवि विमल निभाले पनि आफ्नो एउटा कविता वाचन गर्नुभएको थियो ।
पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा भएको कार्यक्रमको संचालन कोषाध्यक्ष डा. विन्दु शर्माले गर्नुभएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest