सुलसुलेकलासाहित्य डटकम प्रतिष्ठानको वार्षिकोत्सवमा कविता गोष्ठी
समारोहलाई प्रमुख अतिथि कवि तुलसी दिवसले सम्बोधन गर्दै नीजि क्षेत्रबाट यस प्रकारको साहित्य अनुष्ठान हुनु अर्थपूर्ण भएको र यस्ता कार्यक्रम नीजि क्षेत्रबाट सम्भव हुने बताउँदै तीसको दशकमै प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव तथा कुलपति पदको अफरलाई लत्याएको बताए ।

काठमाडौं, ०८० कार्तिक १७ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको १६ औं वार्षिकोत्सवको अवसरमा एनएलजी विशेष शान्ति कविता गोष्ठी तथा कलाश्री साहित्य बार्षिक एवम् ई-पत्रिकालोकार्पण-समारोह काटमाडौंमा सम्पन्न भयो ।
समारोहलाई प्रमुख अतिथि कवि तुलसी दिवसले सम्बोधन गर्दै नीजि क्षेत्रबाट यस प्रकारको साहित्य अनुष्ठान हुनु अर्थपूर्ण भएको र यस्ता कार्यक्रम नीजि क्षेत्रबाट सम्भव हुने बताउँदै तीसको दशकमै प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव तथा कुलपति पदको अफरलाई लत्याएको बताए ।
बिमोचित कलाश्री पत्रिकाको बिषयमा बोल्दै प्रा.डा.गोविन्दराज भट्टराइले ११ वर्षको अवधिमा यो पत्रिकामा प्रत्येक बर्ष १०० वढी रचनाहरु र साँढे पाँचहजार पृष्ठको प्रकाशन नेपाली साहित्यको ईतिहासमा सुरक्षित भएको बताए ।
त्यसपछि कलाश्री पत्रिकामा प्रकाशित रचनामध्य एक विशेष रचनालाई दिईने ११ हजार राशीको रकम सहितको पुरस्कार कवि शकुन्तला जोशीलाई प्रमुख अतिथि तुलसी दिवसले समर्पण गरे ।
विशेष शान्ति कविता वाचन कवि तुलसी दिवसले एक कविता प्रस्तुत गरी शुभारम्भ गरेका थिए । तत्पश्चात् कविता वाचनका लागि आमन्त्रित १६ कविहरु विधान आचार्य, विश्वविमोहन श्रेष्ठ, उषा शेरचन, एस्पी कोइराला, वसन्त श्रेष्ठ, प्रतीक ढकाल, कृष्णराज डिसी, शकुन्तला जोशी, रामगोपाल आसुतोष, सोझो गाउंले, मोहित जोशी, कविता राई, रसिकराज, उमेश अकिंचन, मौन आवाज तथा प्रेमिला राईले कविता वाचन गरेका थिए ।
कवितावाचन गर्ने सवै कविहरुलाई सम्मानसहित पारिश्रमिक पनि वितरण गरिएको थियो । समारोहको शुरुमा नेपाली कला साहित्य डटकमको तर्फवाट राजेश्वर कार्कीले स्वागत मन्तब्य दिंदै प्रतिष्ठानको गतिविधिका बारेमा जानकारी प्रस्तुत गरेका थिए ।
समारोहलाई प्रतिष्ठानका प्रमुख संरक्षक विमल कोइरालाले सम्बोधन गरेका थिए भने कार्यक्रमको समापन गर्दै सभाध्यक्ष प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीले सवै अभ्यागतहरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रमको सञ्चालन कवि मणि लोहनीले गरेका थिए ।
०००
Subscribe
Login
0 Comments
Oldest












































