साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भक्तपुर सुसेली मञ्चको चौथो सुसेली गोष्ठी

सुसेली गोष्ठी मञ्चकाअध्यक्ष रामशरण न्यौपानेको सभापतित्व तथा वरिष्ठ साहित्यकार हास्यव्यङ्ग्यकार डम्बर घिमिरेको प्रमुख आतिथ्य र साहित्यकार तारा गाउँले, साहित्यकार तथा सञ्चारकर्मी केशव लुइँटेल आतिथ्यमा सम्पन्न भयाे ।

Nepal Telecom ad

भक्तपुर, २०८० कार्तिक १७ । शुक्रबार भक्तपुर सुसेली मञ्चको चौथो सुसेली गोष्ठी मञ्चकाअध्यक्ष रामशरण न्यौपानेको सभापतित्व तथा वरिष्ठ साहित्यकार हास्यव्यङ्ग्यकार डम्बर घिमिरेको प्रमुख आतिथ्य र साहित्यकार तारा गाउँले, साहित्यकार तथा सञ्चारकर्मी केशव लुइँटेल आतिथ्यमा सम्पन्न भयाे ।

मध्यपुर नगरपालिका शङ्खधर चोक थिमी भक्तपुरमा सम्पन्न कार्यक्रममा वसन्त नकर्मी, जीवनाथ अधिकारी, तेजकृष्ण श्रेष्ठ, छन्दविज्ञान निरौला , विश्वनाथ ढुङ्गेल, सालिकराम दाहाल, नवीन प्रकाश श्रेष्ठ, श्याम माकजू, केशवप्रसाद रुपाखेती, राममणि ढुङ्गेल, ओम नरहरि श्रेष्ठ, लालबहादुर भुजेल, डिल्लीप्रसाद मूलतिहुन, केशव लुइँटेल , तारा गाउँले लगायतका कविहरूले आफ्ना सिर्जना वाचन गर्नुभएको थियोे ।

प्रमुख अतिथि डम्बर घिमिरेले आफूलाई सुसेलीको लय नआए पनि सुसेली ज्यादै मनपर्ने र यस भक्तपुर सुसेली मञ्चले प्रथम शृङ्खलाको कार्यक्रममा आफूलाई धेरै माया गरेर ७९ औँ जन्मदिन मनाइदिएकोमा आभार व्यक्त गर्दै भक्तपुर सुसेली मञ्चको उन्नति प्रगतिको कामना गर्नुभयो ।

प्रमुख अतिथि घिमिरे, अतिथि तारा गाउँले, श्याम माकजु र ओम नरहरि श्रेष्ठले सुसेली मञ्चमा आवद्ध हुनका लागि मञ्चले निर्धारण गरेको रकम प्रदान गर्नुभएको थियोे ।

ओम नरहरि श्रेष्ठले थप रु ५०० मञ्चको सहयोगार्थ प्रदान गर्नुभएको थियोे । De Beanz N BiteZ Cafe का सञ्चालक नवीन प्रकाश श्रेष्ठले कार्यक्रम स्थल र चिया खाजा लगायतका सबै कुराको सहयोग गर्नुभएको थियोे ।

सभापति रामशरण न्यौपानेले संस्थालाई सहयोग पुर्‍याउनु हुने ,संस्थामा आवद्ध हुनुहुने, कार्यक्रममा उपस्थित हुनुहुने, कार्यक्रम सञ्चालन गर्नु हुने सबैलाई धन्यवाद दिँदै सुसेली गोष्ठी समापन गर्नुभएको थियोे । कार्यक्रम तयारीमा सहकोषाध्यक्ष छन्दविज्ञान निरौला र सञ्चालन मञ्चका सचीव डिल्लीप्रसाद मूलतिहुनले गर्नुभएको थियोे ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x