साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिस यू ब्ल्यान्डी !

नेताका अंधभक्त कुकुरहरुले ब्ल्यान्डीको नियतिबाट केही सिकुन्। नेताका झोलेहरुको नियति पनि ब्ल्यान्डीको जस्तै हुनेछ। यदि झोलेहरुले यो कुरा समयमै बुझ्ने हो भने बल्ल मुलुकमा नयाँ युग आउने छ।

Nepal Telecom ad

काेइराला वत्सराज :

हिटलरका समर्थक करोडौं थिए। सबै हिटलरको लागि ज्यान दिन्थे, ज्यान लिन्थे। तर हिटलरको नजरमा उसको सच्चा भक्त, सिर्फ ब्ल्यान्डी थियो।

हिटलरले उसलाई विशेष प्रेम गर्दथ्यो। ब्ल्यान्डी पनि सदैव आफ्नो हृदय सम्राटको अघिपछि घुमिरहन्थ्यो। पुछार हल्लाउँथ्यो, चाट्थ्यो, जिउमा घुस्रीन्थ्यो।

निकै इमान्दार थियोे ब्ल्यान्डी। आफ्नो मालिकले जे भन्यो त्यै मान्थ्यो। हिटलरले पनि आफ्नो प्यारो कुकुर ब्ल्यान्डीलाई आफ्नै हातले दूध रोटी, मासु, हड्डी खुवाउँथ्यो। ब्ल्यान्डीले भुक्दा हिटलरले प्रेमले उसलाई थुम्थुम्याउँथ्यो।

मोटरमा, प्लेनमा जहाँ जाँदा पनि सँगै लैजान्थ्यो। संसारका सारा कुकुरहरु ब्ल्यान्डीको ईर्ष्या गर्थे। अरु त अरु थुप्रै नाजी अफिसरहरु सोच्थे, ब्ल्यान्डी झैं हिटलरको नजिक हुन पाए कति भाग्य हुँदो हो हाम्रो !

स्वयं हिटलरकी प्रेमिका ईभा समेत ब्ल्यान्डीको रीस गर्थी। हिटलरको कुकुर हुनु कम गौरवको कुरा थिएन।

केही समयपछि बर्लिनमा दिनदिनै बम बर्सन थाल्यो। ज्यान बचाउन हिटलर र उसका समर्थक चान्सलरी गार्डनमा बनेको बंकरमा लुके। ब्ल्यान्डी पनि सँगै थियो। उ हिटलरको रूममा सुरक्षित थियो। हिटलर दिनभर मिटिङ गर्थ्यो र ब्ल्यान्डी हिटलरको बेडमा सुतिरहन्थ्यो।

अन्त्यमा त्यो दिन आयो, हिटलरले पोटासियम साइनाइडको क्याप्सूल मगायो। एउटा ईभालाइ दियो, अर्को आफ्नोलागि राख्यो। तर साइनाइडले काम गर्दैन कि भन्ने शंका पनि थियो।

टेस्टिङ्गको लागि त्यही प्यारो कुकुर ब्ल्यान्डी बोलाइयो। उसलाई सुम्सुम्याइयो र तेसको मुख खोलेर क्याप्सुल हालियो। बिचरो ब्ल्यान्डीले आफूलाई मीठो खानेकुरा दिए भन्ठानेर चर्चरी चपायो र परमधाम पुग्यो। सती प्रथा झैं बिचरोले प्राणोत्सर्ग गर्‍यो।

आफ्नो मालिकसँगै सती जाने प्रथा आज पनि कायम छ। नेताका अंधभक्त कुकुरहरुले ब्ल्यान्डीको नियतिबाट केही सिकुन्। नेताका झोलेहरुको नियति पनि ब्ल्यान्डीको जस्तै हुनेछ। यदि झोलेहरुले यो कुरा समयमै बुझ्ने हो भने बल्ल मुलुकमा नयाँ युग आउने छ।

तेरो कहानी पढेर मलाई आज नयाँ शिक्षा मिल्यो। मिस यू ब्ल्यान्डी !

०००
हेटाैडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नेताजीको गाउँ भ्रमण

नेताजीको गाउँ भ्रमण

काेइराला वत्सराज
कस्तो नक्कली जमाना !

कस्तो नक्कली जमाना !

काेइराला वत्सराज
अनुगमन

अनुगमन

काेइराला वत्सराज
लुतोको दर्शनशास्त्र

लुतोको दर्शनशास्त्र

काेइराला वत्सराज
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x