साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शैली साहित्य समाज नेपालकाे सम्मान तथा कविता वाचन

कायक्रम संस्थाकी अध्यक्ष मञ्जुश्री प्रधान के.सी ‘रानु’को अध्यक्षता र चारवेदका अनुवादक तिलकप्रसाद लुईंटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

Nepal Telecom ad

काठमाडौं, ०८० जेठ १० । शैली साहित्य समाज नेपालले सम्मान तथा कविता वाचन कार्यक्रम सम्पन्न गर्‍यो । कायक्रम संस्थाकी अध्यक्ष मञ्जुश्री प्रधान के.सी ‘रानु’को अध्यक्षता र चारवेदका अनुवादक तिलकप्रसाद लुईंटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

पानसमा दिप प्रज्वलन गरेर थालनी गरिएको कायक्रममा दुई जना श्रष्टाहरूलाई सम्मानका साथै कविता वाचन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका उपाध्यक्ष डिल्लीप्रसाद मुलतिहुनले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो भने लक्ष्मी गिरीले खादा माला लगाएर स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा दुई दर्जन स्रष्टाहरूको उपस्थिति थियो । दुईजना स्रष्टा माननिय रेखा यादव र सुरेश बैध्यलाई माला दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो । सम्मान पश्चात कविहरूबाट कविता वाचन गरिएको थियो । रेखा यादव, मञ्जुश्री प्रधान, तिलकप्रसाद लुईंटेल, डिल्लीप्रसाद मुलतिहुन, सुरेश बैध्य, लक्ष्मी गिरी, ढुण्डिराज पोखरेल, भूवन सिवाकोटी, रूद्र अधिकारी, कात्यायन मिश्र, प्रितम पौडेल, महेन्द्र चालिसे, अनिता यात्री, उषा के.सी., महेशप्रसाद रिजाल, दिपेश प्रधान, बद्रिनाथ पौडेल, राहुल श्रीवास्तव लगायतबाट रचना बाचन भयो ।

प्रमुख अतिथिको मन्तव्यको साथै सम्मानित व्यक्तित्वबाट मन्तव्य सहित कविता वाचन भएको थियो । अन्तमा सभापति मञ्जुश्री के.सी प्रधान ‘रानु’ बाट सभा बिसर्जन गरियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x