साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो देश भूस्वर्ग बनाउनेछु

हिमाल चाटेर नदी पिएर ढुङ्गा गिटी काठ सबै निलेर अगस्तिको नाम मिटाउनेछु यो देश भूस्वर्ग बनाउनेछु ।

Nepal Telecom ad

रूपक अलङ्कार :

व्यापार गर्नेछु भँडासको म
उद्गोष गर्नेछु विकासको म
बनी सुनामी जब आउने छु
यो देश भूस्वर्ग बनाउने छु ।

लाछीहरू बाघ भनुन् मलाई
नाचुन् खुसीले थपडी बजाई
बोल्ने सबै ओठ सिलाउने छु
यो देश भूस्वर्ग बनाउने छु ।

फूपू र भान्जा भतिजा र मामा
पुग्छन् जहाँ यी फरिया र जामा
सम्झी सबैमा गुन लाउनेछु ।
यो देश भूस्वर्ग बनाउनेछु ।

झोलेहरूको हुल होस् अगाडि
भेडाहरूको भिड होस् पछाडि
अरू सबै मूर्ख बनाउनेछु ।
यो देश भूस्वर्ग बनाउनेछु ।

बजार थाप्नेछु म बेच्न भोक
मेरै प्रशंसातिर हुन्छ लोक
चरेसको लड्डु पकाउनेछु
यो देश भूस्वर्ग बनाउनेछु ।

हिमाल चाटेर नदी पिएर
ढुङ्गा गिटी काठ सबै निलेर
अगस्तिको नाम मिटाउनेछु
यो देश भूस्वर्ग बनाउनेछु ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भए त नोटको बिटो

भए त नोटको बिटो

रुपक अलङ्कार
म भ्रष्ट हुँ, दलाल हुँ

म भ्रष्ट हुँ, दलाल...

रुपक अलङ्कार
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x